Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

खोलाले बगाँउदा माई नगरपालिकामा एक जना बृद्धको ज्यान गयो

खोलाले बगाँउदा माई नगरपालिकामा एक जना बृद्धको ज्यान गयो

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र २७ २०७५


खोलाले बगाँउदा माई नगरपालिकामा एक जना बृद्धको ज्यान गयो

माई । इलामको माई नगरपालिकामा खोलाले बगाउँदा बृद्धको ज्यान गएको छ । खोला तर्ने क्रममा माई नगरपालिका ९ कालिखोपका ८४ बर्षीय सूर्यबहादुर राईलाई लोदिया खोलाले बगाएको हो । शब बुधवार बगाएको ठाउँभन्दा करिब तीन किलोमिटर तल बगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताए ।

सूर्यबहादुर मंगलबार बिहान खाना खाएर चिसापानीमा रहेको सोमबारे बजारतिर हिँडेको परिवारले बताएका छन् । बेलुकासम्म पनि सोमबारेबाट नफर्केकाले परिवारले बजारमा भएका आफन्तलाई फोन गरेर बझदा पनि दिउँसो दुई बजे नै फर्किएको जानकारी पाएपछि परिवार, आफन्त र छिमेकीले खोजतलास थालेका थिए ।

केही दिनअघि देखि पानी परिरहेको कारण लोदियाको सतह बढेको थियो । लोदियामा पुल पनि छैन । पुल नभएकै कारण बृद्ध सूर्यबहादुर खोलाबाट तर्न खोज्दा बाढीले बगाएको हुनसक्ने प्रहरीले जनाएको छ । मंगलबार बेलुका नै उनको झोला र छाता स्थानीयले खोलामा फेला पारेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार