Local Sandesh शनिबार, असोज १७ २०८३
  • ट्रेण्डिङ :

सिम्रिक सहकारीको १६औँ वार्षिक साधारणसभा अन्तर्गत इकाइगत सभा

सिम्रिक सहकारीको १६औँ वार्षिक साधारणसभा अन्तर्गत इकाइगत सभा

  • सन्देश सम्बाददाता
  • बुधबार, असोज १४ २०८३


सिम्रिक सहकारीको १६औँ वार्षिक साधारणसभा अन्तर्गत इकाइगत सभा

फिक्कल । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा अन्तर्गत इकाइगत साधारणसभा सुरु भएको छ। संस्थाले ‘एक घर एक सदस्य अभियान–सामूहिक सफलताको हाम्रो पहिचान’ भन्ने नारासहित इकाइगत साधारणसभा इलामको फिक्कलमा आयोजना गरेको हो।

बिर्तामोड–८, झापामा मुख्य कार्यालय रहेको संस्थाले साधारणसभामार्फत संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था, सदस्यको सहभागिता तथा आगामी कार्यक्रमबारे छलफल गर्ने जनाएको छ। संस्थाको स्थापना २०६७ सालमा भएको हो।

संस्थाअन्तर्गत ४ हजार ७ सय ९८ जना साधारण सदस्य इलामको सुर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकामा रहेका छन् । इकाइगत साधारणसभाअन्तर्गत पहिलो चरणमा फिक्कल, हर्कटे, नयाँबजार, पशुपतिनगर र श्रीअन्तु क्षेत्रको एकमुष्ठ फिक्कलमा इकाइगत साधारणसभा आयोजना गरिएको हो ।
कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष किरण कपुरीले गरेका थिए। कार्यक्रममा संस्थापक अध्यक्ष तथा कार्यकारी प्रमुख कमलबहादुर बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यस्तै कोषाध्यक्ष मेहरमान विष्ट, सञ्चालक सदस्य प्रकाश भट्टराई, ज्येष्ठ सदस्य अम्बिका रेग्मी, ज्येष्ठ सदस्य वसन्त गुरुङ तथा मिनबहादुर प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो।

साधारणसभाका अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता र ऋणिलाई सम्मान गरेको छ । संस्थाले पशुपतिनगर, फिक्कल, बिब्ल्याँटे, नयाँबजार र हर्कटेका लागि उत्कृष्ट उत्कृष्ट बचतकर्ता र ऋणिलाई सम्मान गरेको हो ।

संस्थाले पशुपतिनगरमा दिपेश प्रधान र कमला देवी बराल, फिक्कलमा नरमाया योञ्जन र सुजता राई , नयाँबजारमा इन्दिरा नेवार र सागर घिमिरे हर्कटेमा चन्द्रकुमार श्रेष्ठ र सुनिल तामाङ श्रीअन्तु सेवा केन्द्रमा रञ्जु तामाङ र बसन्तकुमार घिमिरेलाई उत्कृष्ट बचतकर्ता र ऋणिमा क्रमस सम्मान गरिएको हो ।
संस्थाले इकाइगत साधारणसभालाई सदस्यसँग प्रत्यक्ष संवाद गर्ने, संस्थाका गतिविधिबारे जानकारी गराउने तथा सदस्यका सुझाव र अपेक्षा संकलन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। वार्षिक साधारणसभामार्फत संस्थाको आगामी नीति, कार्यक्रम तथा सदस्यकेन्द्रित सेवाका विषयमा समेत छलफल गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार