Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फिफा यु–१५ विश्वकप तथा फेस्टिभल केन्द्रीय छनौटका लागि इलामका १२ सहित कोशीका ६६ खेलाडी

फिफा यु–१५ विश्वकप तथा फेस्टिभल केन्द्रीय छनौटका लागि इलामका १२ सहित कोशीका ६६ खेलाडी

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र १४ २०८३


फिफा यु–१५ विश्वकप तथा फेस्टिभल केन्द्रीय छनौटका लागि इलामका १२ सहित कोशीका ६६ खेलाडी

इलाम  : अजरबैजानमा आयोजना हुने फिफा यु–१५ विश्वकप तथा फेस्टिभल २०२६ का लागि कोशी प्रदेशस्तरीय खेलाडी छनोटबाट इलामका १२ सहित प्रदेशका विभिन्न जिल्लाबाट ६६ जना खेलाडी छनोट भएका छन् । कोशी प्रदेश फुटबल संघले केन्द्रीय छनौटमा सहभागिताका लागि प्रदेशस्तरीय छनोटपछि सार्वजनिक गरेको सूचीअनुसार इलामबाट १२ खेलाडी छनोट भएका हुन्।

इलामबाट छनोट हुनेमा विवेक श्रेष्ठ, स्वप्निल राई, जोन राई, प्रशान्त घले, गौरव ढकाल, सम्राट बर्देवा, सौभाग्य घिमिरे, वेन्यामिन राई, सिद्धार्थ बुर्जामगर, सायाहाङ राई, रोशन लेप्चा र अंश परियार रहेका छन् । इलामबाट कुल ७५ खेलाडी प्रदेश स्तरिय छनौटमा परेका थिए । प्रदेशका १४ जिल्लामध्ये छनोट सूचीमा सबैभन्दा बढि मोरङबाट १५ जना रहेका छन् ।

इलामबाट १२, सुनसरीबाट ११, झापाबाट ९, पाँचथरबाट ५, संखुवासभाबाट १, ताप्लेजुङबाट १, तेह्रथुमबाट १, खोटाङबाट १, धनकुटाबाट २, भोजपुरबाट १ र उदयपुरबाट २ खेलाडी छनोट भएका छन् । प्रदेशस्तरीय छनोटबाट छानिएका खेलाडी अब केन्द्रीय छनोटमा सहभागी हुनेछन्। केन्द्रीय छनोट भदौ १६ देखि १८ गतेसम्म काठमाडौंस्थित एन्फा कम्प्लेक्समा आयोजना हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

इलामबाट १२ सहित कोशीका ६६ खेलाडी छनोट हुनु प्रदेशको युवा फुटबलका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको कोशी प्रदेश फुटबल संघका उपमहासचिव पूर्ण फत्रले जानकारी दिए । केन्द्रीय छनोटबाट अन्तिम चरणका खेलाडी छनोट भएपछि उनीहरूले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

फिफाको ब्युरो अफ काउन्सिलको मिटिङले २५ जुनमा अजरवैजानमा २२ देखि ३२ अक्टोबरमा आयोजना गर्ने निर्णय गरेको थियो । त्यसका लागि फिफाको २११ वटै सदस्य राष्ट्रलाई आमन्त्रण गरेको र सबैले सहभागिता जनाउने पाउने प्रावधान अनुसार नेपालले पनि सहभागिताको अवसर पाएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार