Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

१६औँ राष्ट्रपति रनिङ शिल्ड २०८३ : कोशीलाई ४ स्वर्ण सहित २८ पदक

१६औँ राष्ट्रपति रनिङ शिल्ड २०८३ : कोशीलाई ४ स्वर्ण सहित २८ पदक

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ २३ २०८३


१६औँ राष्ट्रपति रनिङ शिल्ड २०८३ : कोशीलाई ४ स्वर्ण सहित २८ पदक

इलाम । काठमाडौंमा सम्पन्न १६औँ राष्ट्रपति रनिङ शिल्ड २०८३ मा कोशी प्रदेशले ५ औ स्थान हासिल गरेको छ । प्रतियोगितामा कोशीले ४ स्वर्ण, ७ रजत र १७ कांस्य सहित २८ पदक जितको हो ।

कोशीले करातेमा ३ स्वर्ण, ३ रजत र ३ काँस्य सहित ९ पदक जित्दै ७ प्रदेश मध्ये पहिलो स्थान हासिल गरेको थियो । १ स्वर्ण तेक्वान्दोमा आएको थियो । १५ औ राष्ट्रपति रनिङ शिल्डमा कोशी प्रदेश स्वर्ण विहिन रहँदै सातौ स्थानमा थियो । कोशीले ७ रजत र ८ काँस्य पदक मात्र जित्न सफल भएको थियो ।

अघिल्लो संस्करण समेत च्याम्पियन बनेको बागमती प्रदेशले १६ औ राष्ट्रपतिमा सर्वाधिक ५६ पदक जित्दै पदक तालिकाको शीर्ष स्थान हासिल गरेको छ। बागमतीले २२ स्वर्ण, २१ रजत र १३ कांस्य पदक जितेको हो।

सुदूरपश्चिम प्रदेश ४२ पदकसहित दोस्रो स्थानमा रह्यो। सुदूरपश्चिमले १९ स्वर्ण, ९ रजत तथा १४ कांस्य पदक जित्यो। यस्तै, लुम्बिनी प्रदेश १२ स्वर्ण, १५ रजत र १८ कांस्यसहित कुल ४५ पदक जितेर तेस्रो स्थानमा रह्यो।

गण्डकी प्रदेशले ५ स्वर्ण, २ रजत र १८ कांस्यसहित २५ पदक प्राप्त गर्दै चौथो स्थान हासिल गर्दा मधेश प्रदेशले ३ स्वर्ण, ६ रजत र ६ कांस्य गरी १५ पदक जितेर छैटौँ स्थान हासिल गरेको छ । कर्णाली प्रदेशले २ स्वर्ण, ५ रजत र १२ कांस्यसहित कुल १९ पदक जित्दै सातौँ स्थानमा प्रतियोगिता टुंग्यायो।

प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गर्दै कुल २३० पदकका लागि प्रतिस्पर्धा गरेका थिए। विद्यालयस्तरका खेल प्रतिभा पहिचान तथा विकासका लागि आयोजना हुने राष्ट्रपति रनिङ शिल्डले देशभरका युवा खेलाडीलाई राष्ट्रिय मञ्च प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार