Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

सुर्योदय नगरपालिकाको सुम्फुङबाट पक्राउ परेका विप्लबका कार्यकर्ताको नाम सार्वजनिक

सुर्योदय नगरपालिकाको सुम्फुङबाट पक्राउ परेका विप्लबका कार्यकर्ताको नाम सार्वजनिक

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र १४ २०७५


सुर्योदय नगरपालिकाको सुम्फुङबाट पक्राउ परेका विप्लबका कार्यकर्ताको नाम सार्वजनिक

फिक्कल । इलामको सुर्योदय नगरपालिका ५ सुम्फुङ गाँउबाट प्रक्राउ परेका ११ जना बिप्लब नेतृत्वको नेकपाका कार्यकर्ताहरुको नाम प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा इलामको देउमाइ नगरपालिका–८ का ६७ बर्षिय मोहनबहादुर बराल, मोरङको मिक्लाजुङ गाँउपालिका–३ का ४५ बर्षिय सौगात भनिने अर्जुन आर्चाय, दमक नगरपालिका–७ का ३४ बर्षिय सन्तोष लिम्बु, दमक–२ का २८ बर्षिय सुमनसिंह पौडेल, शिवसताक्षी नगरपालिका–११ का ३० बर्षिय तारा थापा र झापा गाँउपालिका–२ का ३८ बर्षिय चमनलाल माझी रहेका छन ।

त्यसैगरी पक्राउ पर्ने अन्यहरुमा विर्तामोड नगरपालिका–३ का ४८ बर्षिय चित्र विश्वकर्मा, शिवसताक्षी नगरपालिका–११ का २९ बर्षिय सुरेन्द्र मिश्र, दमक नगरपालिका– २ का ३० बर्षिय विनोदकुमार राई, गौरीगञ्ज गाँउपालिका–१ का २५ बर्षिय संजय राई र ३५ बषिय भिमकुमार सुव्वा रहेको इलामका प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेहरु नेकपाको झापा र इलामका जिल्ला तहका नेता कार्यकर्ता रहेका छन । दुवै जिल्लाका नेता कार्यकर्ताले भेला तयारी गरिरहेका बेला भारतीय सीमानजिकै सिद्धिखोला छेउबाट उनीहरू पक्राउ परेका हुन् ।

गाँउमा बिप्लबको गतिबिधी रहेको भन्ने बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक टंक भट्टराई इलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी निरिक्षक हेमराज ओली र प्रहरी चौकी समालबुङका प्रहरी सहायक निरिक्षकको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका ११ जनासंग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार