Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रिय स्वतन्त्र पार्टी इलाम नगरपालिकाको पालिका अधिवेशन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी इलाम नगरपालिकाको पालिका अधिवेशन सम्पन्न

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ २० २०८३


राष्ट्रिय स्वतन्त्र पार्टी इलाम नगरपालिकाको पालिका अधिवेशन सम्पन्न

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम नगरपालिकाको पालिका अधिवेशनबाट भुवन पौडेल सभापतिमा निर्वाचित भएका छन्। त्यसैगरी केदारप्रसाद न्यौपाने उपसभापति, यामप्रसाद दाहाल सचिव, ज्ञानेन्द्र घिमिरे सहसचिव तथा हिमादेवी आचार्य कोषाध्यक्षमा चयन भएका छन्।

त्यस्तै कार्यसमिति सदस्यहरूमा चुडामणि अधिकारी, दीपक आले मगर, योगेन्द्रबहादुर आचार्य, बुद्धकुमारी राउत, सनमती श्रेष्ठ, दुर्गा सुवेदी र नेत्रकला खनाल चयन भएका छन्। दलित सदस्यको पद भने पछि नियुक्त गरिने जनाइएको छ।

अधिवेशनले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै स्थानीय तहमा जनतासँगको सम्बन्ध विस्तार, सुशासन, पारदर्शिता तथा नागरिकका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शुभकामना व्यक्त गर्दै पार्टीका नेताहरूले संगठन विस्तार, जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह तथा आगामी राजनीतिक यात्रामा एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार