Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

सुर्योदय नगरपालिकाको सुम्फुङबाट बिप्लबका ११ कार्यकर्ता पक्राउ

सुर्योदय नगरपालिकाको सुम्फुङबाट बिप्लबका ११ कार्यकर्ता पक्राउ

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र १३ २०७५


सुर्योदय नगरपालिकाको सुम्फुङबाट बिप्लबका ११ कार्यकर्ता पक्राउ

फिक्कल । इलामको सुर्योदय नगरपालिका ५ सुम्फुङ गाँउमा विप्लब नेतृत्वको नेकपाका ११ जना पक्राउ परेका छन । गाँउमा बिप्लबको गतिबिधी रहेको भन्ने बिशेष सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक टंक भट्टराई इलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी निरिक्षक हेमराज ओलीको नेतृत्व र प्रहरी चौकी समालबुङका प्रहरी सहायक निरिक्षकको संयुक्त टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन । उनीहरुसंग थप सोधपुछ भइरहेको हुँदा अन्य विवरण खुल्न नआएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार