पशुपतीनगर । इलामको पशुपतीनगर नाकाबाट दलालको प्रलोभनमा परि भारत जान लागेका १ सय ९५ जनालाई उद्धार गरेकाे छ । दलालको प्रलोधनमा परि भारत जान लागेका बालबालिका र महिलालाई माइती नेपाल आवधिक गृह पशुुपतीनगरले नेपाल प्रहरीको समन्वयमा सन २०१७ मा उद्धार गरेको हो ।
इलामको पशुुपतीनगरबाट सिमा क्षेत्रबाट कामको प्रकृती र स्थानको बिषयमा जानकार नभइ भारत तर्फ जान लागेका महिला तथा बालबालिकाहरुलाई एक वर्षको अवधिमा १ सय ९५ जनालाई उद्धार गरिएको हो । यस्तै माइती नेपालले प्रहरीको सहयोगमा झापाको काँकडभिट्टाबाट १ सय ६४ र मोरङको जोगवनी नाकाबाट १ सय २० जनालाई सिमा क्षेत्रबाट एक वर्षको अवधिमा उद्धार गरेको माइती नेपाल आवधिक गृह पशुपनिगनरका प्रमुख होम ढकालले बताए । उनले भने ‘माइती नेपालकाे पशुपतीनगरमा अावधिक गृह स्थापनापछि ५३ जिल्लाका महिला तथा बालबालिकाहरुलाई उद्धार गरिएको छ ।’
माइती नेपालको तथ्याङकले अन्य नाकाको तुलनामा पशुुपतीनगरबाट कामको प्रकृती र स्थानको बारेमा जानकारी नभइ भारत तर्फ जाने महिला तथा बालबालिकाको संख्या धेरै रहेकाले पछिल्लो एक वर्षको अवधिमा पशुपतीनगरमा भारत जाने ६८ हजार ५ सय ३२ वटा गाडीमा चेकजाँच गरि १ हजार ८ सय ७१ जना महिला बालबालिकालाई सोधपुच गरिएको थियो । राम्रो जागिर र सुखी जिवनयापनको प्रलोभनमा पारि १२ वर्षदेखि २५ वर्षसम्म उमेरका महिला तथा बालबालिका दलालहरुले सजिलै सीमा कटाउने गरेका छन् ।