माङसेवुङ । इलामको माङसेवुङ गाँउपालिका १ मा देउमाइ खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५५ बर्षिय बिचारे बराइली रहेका छन । बुधवार साँझ साढे ७ बजेको समयमा उनको मृत्यु भएको इलामका प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । मृतक बराइलीको शव इलाका प्रहरी कार्यालय मंगलबारेले कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागी इलाम अस्पताल पठाएको प्रहरीले जनाएको छ ।