Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम–१ मा १३ र इलाम–२ मा १४ उम्मदेवारी

इलाम–१ मा १३ र इलाम–२ मा १४ उम्मदेवारी

  • सन्देश सम्वाददाता
  • मंगलबार, माघ ७ २०८२


इलाम–१ मा १३ र इलाम–२ मा १४ उम्मदेवारी

इलाम – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलामका दुवै निर्वाचन क्षेत्र—क्षेत्र नं। १ र २ मा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विभिन्न राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले तोकिएको समयभित्र मनोनयन दर्ता गराएका छन्।
इलाम क्षेत्र नं-१
इलाम १ बाट १३ जना उम्मेदवारले दर्ता गरेका छन्। प्रमुख उम्मेदवारमा नेपाली कांग्रेसका निश्कल राई, नेकपा एमालेका काजीमान कागते, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नारदमणी साङपाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्टीका तुलसी केशरी छुँजू, मंगोल नेसनल अर्गनाइजेसनका बुद्ध लाल मेचे, उज्यालो नेपाल पार्टीका हरी बहादुर गुरुङ, श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बु रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल, नेपाल जनमुक्ति पार्टीका डम्बर सिंह लिम्बु, जनता समाजवादी पार्टीका लिला बहादुर सुनुवार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राम प्रसाद लिम्बु र नेपाल कम्युनिस्ट पार्टीका रण बहादुर राई रहेका छन्।
इलाम क्षेत्र नं- २
इलाम २ बाट १४ जना उम्मेदवारले दर्ता गरेका छन्। यसमा नेपाली कांग्रेसका भेषराज आचार्य, नेकपा एमालेका सुहाङ नेम्बाङ, नेपाल कम्युनिस्ट पार्टीका ओम गुरुङ, नेकपा माओवादी (विप्लव) का होम सी। खतिवडा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश प्रसाद दुलाल, नेपाल जनमुक्ति पार्टीका यामबहादुर योङहाङ, राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा तुम्बाहाम्फे रहेका छन् ।

जनता समाजवादी पार्टीका बलबहादुर आङदेम्बे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिं लिङदेन लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राई, मंगोल नेशनल अर्गनाइजेसनका श्याम बहादुर लिम्बू, श्रम संस्कृति पार्टीका सुदिप राई, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई र स्वतन्त्र उम्मेदवार डाक प्रसाद गौतम रहेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्तापछि प्रारम्भिक नामावली प्रकाशन, दाबी–विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन प्रक्रिया निर्वाचन कार्यतालिकाअनुसार अघि बढ्ने जनाएको छ। उम्मेदवारी दर्ता सम्पन्न भएसँगै इलामका दुवै निर्वाचन क्षेत्रमा चुनावी गतिविधि तीव्र बनेको छ। उम्मेदवारहरूले घरदैलो अभियान, मतदाता भेटघाट र प्रचार–प्रसारमा सक्रिय हुने तयारी गरिरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार