इलाम । आजबाट लागु भएको मुलुकी अपराध (संहिता) ऐनको विरोधमा एक युवाले सिंहदरबारअगाडि नाङ्गिएर प्रदर्शन गरेका छन् । राष्ट्रिय जनवार बदली गर्न माग गर्दै सिंहदबारअगाडि झापाका जितिन काङबाङ (लिम्बु)ले नांगै भएर प्रदर्शन गरेका हुन् । उनको छातिमा ‘सरकार मुर्दावाद’ लेखिएको र यौनांगमा ‘जनावर सबै एक हुन्, कानुन सबलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, गाईलाई राष्ट्रिय जनावरबाट बदली गर’ लेखिएको प्लेकार्डले छोपिएको थियो।

उनले सरकारले गाई र गोरुको लागि मात्रै कानुन बनाएर गलत गरेको आरोप लगाएका छन् । राज्यले सबै जातजाती भाषाभाषी र धर्मालम्बीलाई सम्मान गर्ने गरी कानुन बनाउनुपर्ने माग छ । उनले राष्ट्रिय जनावार पनि परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । नेपालमा रहेको लोपोन्मुख जनावारलाई राष्ट्रिय जनावर घोषणा गर्न उनले माग गरेका छन् । सिंहदरबारको दक्षिण गेट नजिकै सार्वजनिक स्थलमा अश्लिलता प्रर्दशन गरेकाले उनलाई पक्राउ गरिएको हाे । (इपुर्वबाट)