Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिका–२ मा ५ महिनामा राजस्व संकलनमा बृद्धि

सूर्योदय नगरपालिका–२ मा ५ महिनामा राजस्व संकलनमा बृद्धि

  • सन्देश सम्वाददाता
  • बुधबार, पौस १६ २०८२


सूर्योदय नगरपालिका–२ मा ५ महिनामा राजस्व संकलनमा बृद्धि

फिक्कल । सूर्योदय नगरपालिका–२, पशुपतिनगरमा चालु आर्थिक वर्ष ०८२/०८३ को पहिलो पाँच महिनामा राजस्व संकलनमा उल्लेखनीय वृद्धि भएको छ । गत आर्थिक वर्ष ०८१/०८२ को सोही अवधिसँग तुलना गर्दा चालु आर्थिक वर्षमा ३ लाख ९६ हजार २९१ रुपैयाँ ८० पैसा बढी राजस्व संकलन भएको हो ।

उपलब्ध विवरणअनुसार आर्थिक वर्ष ०८२÷०८३ को पहिलो पाँच महिनामा कुल १८ लाख ४६ हजार ९३७ रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने १४ लाख ५० हजार ६४५ रुपैयाँ मात्र संकलन भएको थियो ।

महिनागत रूपमा हेर्दा, साउन महिनामा गत वर्षको तुलनामा २ लाख ४८ हजार ३१० रुपैयाँ बढी राजस्व उठेको छ । आर्थिक बर्ष ०८१/०८२ मा ६ लाख ६८ हजार ८२२ राजस्व संकलन भएकोमा आर्थिक बर्ष ०८२/८३ मा ९ लाख १७ हजार १४३ रुपैया ६० पैसा संकलन भएको छ । भदौमा २ लाख ६६ हजार ४८४ रुपैयाँ ६५ पैसा वृद्धि भएको देखिन्छ ।

आर्थिक बर्ष ०८१/०८२ मा २ लाख ४९ हजार ८३० रुपैया १० पैसा संकलन भएकोमा आर्थिक बर्ष ०८२/८३ मा ५ लाख १६ हजार ३१५ रुपैया संकलन भएको देखिन्छ । यद्यपि असोजमा भने १० हजार १९७ रुपैयाँ ७० पैसा ले कमी आएको छ ।

आर्थिक आर्थिक बर्ष ०८१/०८२ मा १ लाख ६२ हजार ६६४ रुपैया १० पैसा सकलन भएकोमा बर्ष ०८२/८३ मा १ लाख ५२ हजार ४६६ रुपैया ४० पैसा मात्र संकलन भएको छ । त्यस्तै, कार्तिकमा ६० हजार ५७३ रुपैयाँ र मंसिरमा ४७ हजार ७२३ रुपैयाँ ७५ पैसा राजस्व घटेको देखिन्छ ।

कार्तिक महिनामा ६० हजार ५७३ रुपैयाले राजस्व कमी आएको छ । आर्थिक बर्ष ०८१÷८२ मा १ लाख ५६ हजार ३ सय ९६ रुपैया संकलन भएकोमा आर्थिक बर्ष ०८२/८३ मा ९५ हजार ८ सय २३ मात्र संकलन भएको छ । मंसिर महिनामा समेत राजस्व संकलनमा ह्रास आएको छ ।

गत आर्थिक बर्षमा २ लाख १२ हजार ९ सय २१ रुपैया ७५ पैसा संकलन भएकोमा ४७ हजार ७ सय २३ रुपैया ७५ पैसाले कमी आइ १ लाख ६५ हजार १ सय ८९ मात्र संकलन भएको वडाको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्ष ०८१/०८२ मा कुल ३० लाख ४६ हजार ५१ रुपैयाँ ६० पैसा राजस्व संकलन भएको थियो ।

चालु आर्थिक वर्षको सुरुआती पाँच महिनाकै तथ्यांकले राजस्व वृद्धि सकारात्मक दिशामा रहेको देखाउँछ । वडाका अनुसार पौष महिनामा ३ लाख २ हजार ९ सय ३८ रुपैयाँ ५० पैसा, माघमा १ लाख ८० हजार ३४२ रुपैयाँ ७५ पैसा, फागुनमा १ लाख ९ हजार ४०५ रुपैयाँ ५० पैसा, चैत्रमा २ लाख ७७ हजार ७९१ रुपैयाँ ५० पैसा, बैशाखमा २ लाख ४४ हजार ३९४ रुपैयाँ, जेठमा २ लाख ९ हजार १८८ रुपैयाँ ५० पैसा र असारमा २ लाख ७१ हजार ३४५ रुपैयाँ ६५ पैसा राजस्व संकलन भएको छ ।

वडाले कर संकलनलाई व्यवस्थित बनाउँदै सेवा प्रवाह प्रभावकारी बनाएकै कारण पछिल्ला महिनामा राजस्व वृद्धि भएको वडाध्यक्ष डिक बम्जनले बताए । आगामी दिनमा अझ प्रभावकारी कर व्यवस्थापनमार्फत आम्दानी बढाउने लक्ष्य लिइएको उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार