Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

गौरादहको वडा कार्यालयमा विस्फोट

गौरादहको वडा कार्यालयमा विस्फोट

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन २९ २०७५


गौरादहको वडा कार्यालयमा  विस्फोट

गाैरादह । झापाको गौरादह नगरपालिकाको वाडा कार्यलयमा आज विहान ६ः ४५ बजे विस्फोट भएको छ । नेकपा माओवादी बिप्लब समूहले नेपाल बन्द आवहान गरेको भनिएको दिन विहानै गौरादह नगरपालिकाको वार्ड नम्बर – ७ को कार्यलय परिसरको पूर्व दक्षिणमा सो विस्फो भएको हो । ठूलो आवाज सहितको विस्फोट पछि ग्वालडुब्बा बजार क्षेत्रका स्थानीयहरुमा भागदैड भएको र स्थानीयहरु त्रसिद भएको स्थानीय ब्यवसायी गणेश सिटौलाले बताए ।

विस्फोटले कुनैपनि मानवीय क्षती नभएको सशस्त्र प्रहरीवल बेसक्याम्प गौरादह– ९ बैगुनधुराका प्रहरी निरिक्षक संकर तिवारीले बताए । तिवारीका अनुसार स्थलगत निरिक्षण गर्दा सो विस्फोट कुनै बम नभएर पटका भएको हुनसक्ने बताए । घटना स्थलमा कुनैपनि तार तथा बिद्युतीय प्रमाण केही पनि नभेटिएको समेत प्रहरी निरिक्षकले बताए । वडा सचिव ओम तिवारीका अनुसार भवनको एउटा झ्यालको सिसामा सामान्य क्षतीमात्र पुगेको छ । स्थानीयका अनुसार विस्फोट हुनु भन्दा १५ मिनेट अगाडि सो स्थानमा हेलमेट लगाएका दुई अपरिचित युवाहरु मोटरसाइकल देखिएका थिए ।( अनलाइन बिचारबाट साभार)

प्रतिक्रिया
सम्बन्धित समाचार