Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फोनिज दिवसमा पत्रकार पन्दाक सम्मानित

फोनिज दिवसमा पत्रकार पन्दाक सम्मानित

  • सन्देश सम्बाददाता
  • सोमबार, साउन २८ २०७५


फोनिज दिवसमा पत्रकार पन्दाक सम्मानित

साउन । आदिवासी जनजाति पत्रकारहरुको छाता संस्था नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज ताप्लेजुङले फोनिजका संघीय सदस्य चन्द्र पन्दाक प्रयास लाई आइतबार एक समारोहकाबीच सम्मान गरेको छ ।

फोनिजको १९ औं स्थापना दिवसको अवसर पारेर पन्दाकलाई सम्मान गरिएको हो । यसअघि गएको चैतमा सम्पन्न फोनिजको छैटौं महाधिवेशनबाट सङ्घीय केन्द्रीय नेतृत्वमा ताप्लेजुङको प्रतिनिधित्व गर्न सफल भएकोमा पन्दाकलाई बधाई दिँदै सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको फोनिजका जिल्ला अध्यक्ष दिनेश लिङ्खिमले जानकारी दिए ।

सम्मानित फोनिजका सङ्घीय सदस्य पन्दाकले सम्मानले जिम्मेवारी र दायित्वप्रति थप जिम्मेवार भएको बताउँदै आफूले फोनिजको सङ्घीय सदस्यको रुपमा सङ्घ, प्रदेश र जिल्लास्तरमा रहेका कार्य समितिसँग समन्वय गरेर काम गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार