Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

यसकारण मनाउँछ लिम्बुबानले साउन २२ लाई ‘कालो दिन’

यसकारण मनाउँछ लिम्बुबानले साउन २२ लाई ‘कालो दिन’

  • नमीन ढकाल
  • मंगलबार, साउन २२ २०७५


यसकारण मनाउँछ लिम्बुबानले  साउन २२ लाई ‘कालो दिन’

फिक्कल । साउन २२ गते अर्थात आजैको दिनलाई ‘कालो दिन’ को रुपमा मनाउँदै आएको राजनितिक दलले लिम्बुवान बन्दको आयोजना गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टी, संघिय लिम्बुवान पार्टी नेपाल , लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टी र कोचिला एकता मोर्चाले बन्दको आयोजना गरेका हुन ।

वन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण पूर्वका झापा, ताप्लेजुङ, पाँचथर, ईलाम, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लामा यातायात र बजार पसल ठप्प रहेका छन् ।

१८३१ साल साउन २२ गते कै दिन लिम्बुवानको तत्कालिन गोर्खासँग भएको नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई परिषदले कालो दिनको रुपमा मनाउँदै आएको छ ।

बन्दमा प्रेस, कूटनीतिक नियोगका गाडी, दमकल र एम्वुलेन्स भने चलिरहेका छन् भने बजार, पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द छन् ।

साउन २२ गतेलाई कालो दिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज ९ जिल्ला बन्द आह्वान गरेको हो ।

त्यसैगरी लिम्वुवान–खम्वुवान वन्दलाई सफल वनाउन लिम्वुवान जनता पार्टी, खम्वुवान राष्ट्रिय मञ्च, लिम्वुवान मुक्ति मोर्चा संघियवादी, संघिय खम्वुवान लोकतान्त्रिक पार्टी, लिम्वुवान क्रान्तिकारी पार्टी, खम्बुवान मुक्ति मोर्चा र लिम्वुवान प्रान्तिय राष्ट्रिय मञ्चले ऐक्यवद्धता जनाएका छन् ।

२०६६ सालदेखि आजैको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गर्दै आएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार