Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा  बहुमुल्य अगरवूड खेती बिस्तार हुँदै, डिभिजन वन कार्यालयको सहयोग 

इलाममा  बहुमुल्य अगरवूड खेती बिस्तार हुँदै, डिभिजन वन कार्यालयको सहयोग 

  • सन्देश सम्बाददाता
  • शुक्रबार, भाद्र ६ २०८२


इलाममा  बहुमुल्य अगरवूड खेती बिस्तार हुँदै, डिभिजन वन कार्यालयको सहयोग 
इलाम । सौन्दर्य प्रशोधन, सौखिन र औषधिजन्य वस्तु उत्पादनका प्रयोग हुने अगरवूडको खेती इलाममा शुरु भएको छ । कलेजो, मिर्गौला, क्यान्सर, दम, क्षयरोग, मानसिक तनाव लगायतका रोग निवारणका लागि औषधि बनाइने अगरवूडको इलाममा खेती बिस्तार हुन थालेको हो ।  धनी मानिसका घरमा विशिष्ट पाहुनाको स्वागतमा मूल्यवान रत्नजडित धुपौरोमा अगरवूडको धुप बाल्ने चलन छ । बहुमुल्यमा बिक्रि हुने अगरवूडको माग बढेपछि इलाममा खेती बिस्तार हुँदै आएको हो । किसानले फाट्टफुट्ट गर्दै आएको खेती बिस्तारमा डिभिजन वन कार्यालयबाट समेत प्रोत्साहन शुरु भएको छ ।
छिटो हुर्कने र बहुगुणले भरिपूर्ण वनस्पति अगरवूड दक्षिणि इलामको माई नगरपालिकाबाट बिस्तार भएको हो । थेमेलिसिया परिवारमा पर्ने यो रूखको वैज्ञानिक नाम एक्युलारिया मालासेन्सिस हो । यसको प्रकृति सदावहार किसिमको हुन्छ, जुन २० देखि ७० फिटसम्म अग्लो हुन्छ । यसको प्राकृतिक भूमि भारत, थाइल्यान्ड, मलेसिया, म्यानमार, जापान, कम्बोडिया भएपनि भारतबाट नेपाल भित्रिएको हो ।  एक रुखबाट न्यूनतम १२ लाखसम्म आम्दानी लिन सकिने अगरवूड उत्पादन गर्न इलाममा निजी क्षेत्रका प्राविधिकहरुले किसानलाई सहयोग गर्दै आएका छन् ।
अगर निकालेर बाँकी रहेको काठबाट अगरबत्ती, माला बनाएर लगाउने चलन पनि छ । यसको काठमा काष्ठशिल्प गरेर सजावट गर्ने पनि गरिन्छ । अगरउड समुद्र सतहदेखि पन्ध्र सय मिटरसम्मको उचाईमा खेती हुँदै आएको हो । अगरउडका करिब १५ वटा प्रजाति भए पनि हाल नेपालमा भारतको आसाम क्षेत्रमा पाइने मालाकान्सिस प्रजातिका खेती हुँदै आएका छन् । अगरवूडको खेती निजी जमिनमा पनि रोप्न सकिने भएकाले किसानको आकर्षण रहेको वन अधिकृत रमेभ भारद्धजले बताए ।   रेजिन रूखभित्र विभिन्न आकारमा जमेर अगरवूड बन्छ । यही वूड नै संसारभर सर्वाधिक माग भएको बहुमूल्य बास्नादार काठ हो । यो काठ बास्नादार तेल, धुप, अत्तर र औषधि बनाउने कच्चा पदार्थका रूपमा प्रयोग भएको पाइन्छ । डिभिजन वन कार्यालय इलामले गत आर्थिक वर्षमा देउमाई नगरपालिकामा २ हेक्टर जग्गामा १ हजार २ सय ५० वटा अगरवूडका बिरुवा विस्तारमा सहयोग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार