Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माओवादी केन्द्रको कार्यकर्ता प्रशिक्षण सम्पन्न

माओवादी केन्द्रको कार्यकर्ता प्रशिक्षण सम्पन्न

  • स्मिता देवान राई
  • शनिबार, जेष्ठ १३ २०७४


माओवादी केन्द्रको कार्यकर्ता प्रशिक्षण सम्पन्न

इलाम । जेठ ३१ मा हुने स्थानीय तहमा प्रभावकारी रुपमा कार्यकर्ता परिचालन गर्न नेकपा माओवादी केन्द्रले   सुर्याेदय नगरपालिकामा      अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सूर्योदय नगरपालिका क्षेत्रमा रहेका अगुवा कार्यकर्ता र स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष र सदस्यहरुलाई प्रशिक्षण प्रदान गरिएको माओवादी कन्द्रको तर्फबाट मेयरका उमेद्धवार छविराज राई राजले बताए ।

माओवादी केन्द्रका सूर्योदय नगर संयोजक विवेक राईको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी जिल्ला इञ्चार्ज धिरेन सर्मा, नेपाल आदिवासी जनजाति माहासंघ केन्द्रिय कार्यसमितिका बरिष्ठ उपाध्यक्ष किरण सुनुवार, सहिद परिवारका दिनानाथ मिश्र, किसान संगठनका इलाम अध्यक्ष घनश्याम पौडेल, वाईसिएल इलामका इञ्चार्ज प्रविन तिमसिनाले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कार्यक्रमका बक्ताले माओवादी केन्द्रले पहिलो चरणको चुनावमा अपेक्षा अनुसार मत नपाएपनि आफ्नो एजेण्डा लागु भएकाले जेठ ३१ को दोस्रो चरणको निर्वाचनमा परिचनालन हुन निर्देशन दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा बोल्दै माओवादी केन्द्रका तर्फबाट सूर्योदय नगरपालिकाका मेयरका उमेद्धवार छविराज राई र उप मेयर टिका घिमिरे राईले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार