Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

चौतारी र सेन्टरको एकता पछि यस्तो बन्ने भयो प्रेस संगठन

चौतारी र सेन्टरको एकता पछि यस्तो बन्ने भयो प्रेस संगठन

  • सन्देश सम्बाददाता
  • बुधबार, साउन १६ २०७५


चौतारी र सेन्टरको एकता पछि यस्तो बन्ने भयो प्रेस संगठन

काठमाडौं । दुई ठूला पत्रकार संगठनहरु प्रेस सेन्टर नेपाल र प्रेस चौतारीको एकतापछि एकीकृत संगठनको नाम ‘प्रेस संगठन नेपाल’ बन्ने भएको छ । प्रेस संगठन नेपालको केन्द्रीय समिति दुई सय २५ सदस्यीय हुने भएको छ ।

मंगलबार बसेको एकता सम्बन्धी कार्यदलको बैठकले अन्तरिम विधानलाई अन्तिम रुप दिंदै संगठनको नाम, लोगो, केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति र शाखा समितिको संख्या टुंगो लगाएको हो । प्रेस सेन्टरका महासचिव विष्णु सापकोटा र प्रेस चौतारीका महासचिव राजेश राईले बुधबार संयुक्त वक्तव्य जारी गरेर एकताका लागि भएको निर्णायक सहमतिहरु सार्वजनिक गरेका छन् ।

प्रेस संगठनको केन्द्रीय समितिमा अध्यक्ष र महासचिव, कार्यालय, सचिवालयको व्यवस्था हुने भएको छ । एकीकृत संगठनको केन्द्रीय समितिमा चौतारीबाट एक सय १५ जना, सेन्टरबाट १ सय ५ जना र पाँचजना मनोनित गर्ने करिब सहमति भएको कार्यदलका एक सदस्यले जानकारी दिए । एकीकृत संगठनको केन्द्रीय सदस्यहरुको नामावली तीन दिनभित्रमा कार्यदलले टुंगो लगाउने वक्तव्यमा जनाइएको छ ।
प्रेस संगठनको प्रदेश, जिल्ला र शाखा समितिहरुमा अध्यक्ष र सचिव, कार्यालय र सचिवालयको व्यवस्था गरिएको जनाइएको छ । प्रदेश समिति १ सय २५ सदस्यीय, जिल्ला समिति ३५ र शाखा समिति ९ सदस्यीय हुने भएको छ ।

दुई आयोग
प्रेस संगठनमा शक्तिशाली अनुशासन आयोग र लेखा आयोग बन्ने भएका छन् । दुवै आयोग अध्यक्ष र सचिवसहित १५ सदस्यीय हुने जनाइएको छ । आयोगका सदस्यहरु संगठनका केन्द्रीय सदस्य सरह हुने विधानमा व्यवस्था गरिएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको संयुक्त प्रेस वक्तव्य

नेपालका श्रमजीवी पत्रकारहरुको गौरवमय संगठन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकताको लागि गठन भएको कार्यदलको तेस्रो पूर्ण बैठक १५ साउन २०७५ बस्यो । बैठकले प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालका महासचिवद्वयले तय गरि प्रस्तुत गर्नु भएको एकीकृत संगठनको अन्तरिम विधान–२०७५ लाई अन्तिम रुप दिएको छ । दुवै संगठन एकतापछि बन्ने एकिकृत संगठनको नाम ‘प्रेस संगठन, नेपाल’ अग्रेजीमा एचभकक इचनबलष्शबतष्यल ल्भउब ि राख्ने निर्णय भएको छ । अन्तरिम कालको लागि सबै तहमा कार्यालय, सचिवालय र समिति राख्ने निर्णय गरियो । संगठनको संरचना र संख्या निम्न अनुसार रहनेछ स्
समिति स्
 केन्द्रीय समिति स् अध्यक्ष र महासचिव सहित २ सय २५ सदस्यीय
 प्रदेश समिति स् अध्यक्ष र सचिव सहित १ सय २५ सदस्यीय
 जिल्ला समिति स् अध्यक्ष र सचिव सहित ३५ सदस्यीय
 शाखा समिति स् अध्यक्ष र सचिव सहित ९ सदस्यीय
आयोग स्
 अनुशासन आयोग स् अध्यक्ष र सचिव सहित १५ सदस्यीय
 लेखा आयोग स् अध्यक्ष र सचिव सहित १५ सदस्यीय

आगामी तीन दिनभित्रमा दुवै संगठनका केन्द्रीय समिति र आयोगमा रहने सदस्यहरुको सूची सहित कार्यदलले संगठन एकताको लागि पार्टीमा सिफारिस गर्ने निर्णय गरिएको छ ।

बैठकमा पार्टी स्थायी कमिटिका सदस्य तथा प्रेस सेन्टर, नेपालका इन्चार्ज पम्फा भुसाल, पार्टी स्थायी कमिटिका सदस्य तथा प्रेस चौतारी, नेपालका इन्चार्ज योगेश भट्टराई, कार्यदलका सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र कार्यदल सदस्य तथा प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको उपस्थीति थियो । यसैगरी बैठकमा पार्टीका केन्द्रीय सदस्य विष्णु रिजाल, प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापा, महासचिव बिष्णु सापकोटा ‘जुगल’ र प्रेस चौतारी नेपालका महासचि राजेश राईको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार