मंगलबारे । देउमाई नगरपालिका– ६ बाफ्रुङमा प्रहरीले शनिवार गाँजा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको टोलीले स्थानिय मानबहादुर राईको घरबारीमा रहेको गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।
प्रहरी टोलीले निज राईको घरमा लुकाइछिपाइ राखेको ३ सय ग्राम गाँजा समेत बरामद गरेको छ । राईलाई पक्राउ गरी अनुसन्धान भइरहेको इलामका प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।