फिक्कल । सुर्योदय नगरपालिकामा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाइने भएको छ । नगरपालिका र ट्राफिकबिच नगरपालिकामा संचालित टयाम्पु व्यस्थापन, यातायात भाडा दररेटको बिषयमा शुक्रबार छलफल भएको सुर्योदय नगरपालिका ट्राफिक प्रमुख दुर्गा बहादुर बस्नेतले जानकारी दिए ।
नगर क्षेत्रमा संचालित ८ वटा टयाम्पु मध्ये ३ बटालाई फिक्कल प्लाजा अगाडी बस्ने अनुमती दिने, अन्य डायलमा कुदनुपर्ने, पुरानो बजारमा बाँकी टयाम्पु राख्न दिने र नेपाल सरकारले तोकेको यातायात दर रेट पुर्ण रुपमा कार्यान्वयन गर्ने बिषयमा छलफल भएको बस्नेतले जानकारी दिए ।