माइजोगमाई । इलामको माइजोगमाई गाँउपालिका– १ मा आज अपरहन्न साढे २ बजे परेको चट्याङ लागेर दुई जना घाइते भएका छन । पानीसंगै परेको चट्याङको झटकाले स्थानिय ७३ बर्षिया कुमारी शेर्पा र उनको छोरी २२ बर्षिया गंगा शेर्पा घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
घाइते दुवै जनाको स्थानिय क्लिनिकमा उपचार भइरहेको छ ।