Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रोङ गाँउपालिकामा बोलेर दुर्घटना हुँदा ११ जना घाइते ( नामावली सहित)

रोङ गाँउपालिकामा बोलेर दुर्घटना हुँदा ११ जना घाइते ( नामावली सहित)

  • सन्देश सम्वाददाता
  • सोमबार, असार १८ २०७५


रोङ गाँउपालिकामा बोलेर दुर्घटना हुँदा ११ जना घाइते ( नामावली सहित)

रोङ । इलामको रोङ गाउपालिका ४ किटेनीमा आज दिउसो भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् । ताप्लेजुङ बाट विर्तामोड जादै गरेको मे १ ज २४१९ नम्बरको बोलेरो मेची राजमार्गबाट २५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइतेहरुको झापा स्थित बिएन्डसी अस्पताल झापामा उपचार भइरहेको इलामका प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

घाइतेहरुको नामाबली

१)ताप्लेजुङ डुखु गाँउपालिका ८ बस्ने  बर्ष ७० को याम कु.गुरुङ टाउकोमा चोट सामान्य

२)ऐ.किदिङ्वा  गाँउपालिका ४ बस्ने बर्ष ३८ को प्रकाश किरण दाहाल टाउकोमा चोट सामान्य

३)जि.झापा.बुद्दशान्ति गाँउपालिका ८ बस्ने बर्ष ६५ को तेजमान लावति टाउकोमा चोट सामान्य

४)जि.पाचथर हिलिहाङ गाँउपालिका ४ बस्ने बर्ष ३५ को मन ब. राना हातमा चोट सामान्य

५) मनबहादुर रानाको छोरी  बर्ष १३ कि प्रसुन्न राना टाउकोमा चोट सामान्य

६)ताप्लेजुङ फुङलिङ नगरपालिका ७ बस्ने बर्ष ३० कि गंगा गुरुङ टाउकोमा चोट सामान्य

७)गंगा गुरुङको छोरा १७ महिनाको युकेश  गुरुङ टाउकोमा चोट सामान्य

८)जि.ताप्लेजुङ ताप्लेजुङ नगरपालिका ८ बस्ने बर्ष २७ कि कमला गुरुङ दुबै हातमा चोट सामान्य

९)जि.इलाम देउमाइ नगरपालिका १ चमैता बस्ने बर्ष ३३ को चालक दावा शेर्पा हातमा चोट सामान्य

१०) झापा हल्दिबारी गाँउपालिका १ गोलधाप बस्ने बर्ष २१ कि अन्जु नेम्बाङ अनुहारमा चोट सामान्य

११)पाचथर फागुनन्द गाँउपालिका ३ बस्ने बर्ष ८ कि रिजा नेम्बाङ हातमा चोट सामान्य

प्रतिक्रिया
सम्बन्धित समाचार