Local Sandesh बिहिबार, कार्तिक २७ २०८३
  • ट्रेण्डिङ :

प्लाष्टिककै प्लाष्टिकले सजाइयो प्लाष्टिकमुक्त इलाम नगर ( फाेटाे फिचर)

प्लाष्टिककै प्लाष्टिकले सजाइयो प्लाष्टिकमुक्त इलाम नगर ( फाेटाे फिचर)

  • नमीन ढकाल
  • शुक्रबार, असार १५ २०७५


प्लाष्टिककै प्लाष्टिकले सजाइयो प्लाष्टिकमुक्त इलाम नगर ( फाेटाे फिचर)

इलाम । ८ बर्ष अघि इलाम नगरपालिकालाई स्वच्छ, सुन्दर, हरियाली, सफा र सभ्य सहर बनाउने परिकल्पनाअनुसार हरितनगर अभियानलाई अगाडि बढाइयो । सरकारले आव २०६८÷६९ को वार्षिक नीति तथा कार्यक्रममा इलाम र घोराही नगरपालिकालाई औपचारिक रूपमा हरितनगर घोषणा गरेअनुसार इलाम नगरपालिकाको १५औँ नगर परिषद्ले हरितनगर बनाउने निर्णय गरेको थियो । सोही अनुरुप नगरलाई प्लाष्टिमुक्त बनाउने अभियानलाई अघि बढाइयो । तर अहिले तिनै घोषणा गर्नेहरु आफैले निर्णय उल्लंघन गदैछन । जसको प्रत्यक्ष उदाहरण असार १४ बाट संचालनमा रहेको प्रदेश नम्बर एक स्तरिय युवा महोत्सवमा देखियो ।

जिल्ला युवा समिती इलामको आयोजनामा ३ दिनसम्म चल्ने उक्त महोत्सवमा प्रदेश नम्बर एकको १४ जिल्लाका युवा अभियनताहरुको सहभागीता छ । महोत्सवमा बजारलाई शोभा दिन भने प्लाष्टिकको ध्वजापतकाहरु लगाइएका छन । बजारलाई सजाउन प्लाष्टिकको ध्वजा टागिएको यो पहिलो पटक भने होइन । यसअघि गत बैशाख १ गतेबाट इलाम नगरपालिकाको आयोजनामा भएको सदरमुकाम स्थापनाको २ सय बर्षको उपलक्ष्यमा गरिएको कार्यक्रममा समेत प्लाष्टिककै प्रयोग भएको थियो । जसको अवशेष अझै यदाकदा नगरपालिकामा भेटिन्छ । आफै कार्यान्वयका लागी प्रतिवद्धता जाहेर गर्न र आफै नियमको पालना नगर्नु कति जायज ?

 

प्रतिक्रिया
सम्बन्धित समाचार