रोङ । इलामकाे राेङ गाँउपालिका- ६ रम्भ्याङमा बस्दै आएका अनाथ तिन दाजुभाइ मध्ये दाजु प्रबिणको लागि महिला बालबालिका कार्यलय इलामले सहयोग गरेको छ । कक्षा ८ मा गाउकै श्री सरस्वती माध्यामिक बिद्यालयमा अध्ययनरत प्रबिन र भाइहरुको बारेमा संचार माध्यममा समाचार प्रकाशित भएपछि महिला तथा बालबालिका कार्यलयले दुर्इ जोर स्कुल डेस , छाता, जुत्ता , स्बेटर , ब्याग, पाँच दर्जन कापी , डटपेन , अन्य स्टेसनरी लगायत करिब १२ हजार बराबरको सामाग्री सहयोग गरेको हो ।
आँखाको रोगी समेत रहेका प्रबिनको लागि स्वास्थ्य चौकी फिक्कल आखा उपचार केन्द्रले निःशुल्क चस्मा पनि दिएको छ । आफुहरुले त्यति धेरै सहयोग गर्ने कार्यक्रम नभएको भएपनि बच्चाको पढाइमा कुनै कमि नहोस र भबिष्यमा केही गरेर देखाउने प्रेरणा नै होस भनेर सहयोग गरेको महिला बालबालिका कार्यलय इलामका प्रमुख राजकुमारी राइले बताइन ।
पढाइमा राम्रै रहेका उनीहरुको बाबुको दूइबर्ष अघि र आमाको पनि ६ महिना अघि नै निधन भएपनि दुइ भाइहरु लार्इ पालन पोषण गरेर १४ बर्षिय प्रबिन घरमा बसेका छन्। कक्षा ५ मा अध्ययनरत भाइहरू प्रसन र प्रमोस को लागि भने संरक्षणको चासो राहसल अनाथालयले लिएको छ ।