Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईमा साना किसानले आयोजना गरेको स्वास्थ्य शिविरमा १८९ ले लिए सेवा

माईमा साना किसानले आयोजना गरेको स्वास्थ्य शिविरमा १८९ ले लिए सेवा

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस १४ २०८१


माईमा साना किसानले आयोजना गरेको स्वास्थ्य शिविरमा १८९ ले लिए सेवा

माई । साना किसान महिला कृषि सहकारी संस्था लिमिटेड माई नगरपालिका–४ दानाबारी इलामले शनिबार आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा १७८ महिलासहित १८९ जनाले सेवा लिएका छन्। युनिभर्सल युथ ग्रुप तथा युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्र उर्लाबारी मोरङको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

स्वास्थ्य शिविरमा ४१ जनाको पाइल्स, ९६ जनाको पाठेघरको मुखको क्यान्सर भिआइए परिक्षण, १११ जनालाई निःशुल्क औषधि, ७० जनालाई निःशुल्क ल्याब परीक्षण, ५ जना आङ खस्ने बिरामीलाई रिङ प्रेसरी गरिएको सहजीकरण गर्ने संस्थाका अध्यक्ष सुनिल धिमालले जानकारी दिए । स्वास्थ्य परीक्षण गरिएका बिरामीहरूमध्ये भीआईए संक्रमित एकजना, बायसी गर्नुपर्ने एकजना सहित ३९ जनामा पाठेघरको मुखको क्यान्सर सम्बन्धी केही न केही समस्या देखिएको भिआइए परीक्षणका स्वास्थ्यकर्मी धनमाया तामाङले जानकारी दिइन् ।

स्वास्थ्य शिविरमा गाइनो, ब्रेस्ट क्यान्सर, पाइल्स, फिस्टुला, भिआइए लगायतका स्वास्थ्य परीक्षण भएको युनिभर्सल युथ ग्रुप तथा युनिभर्सल गुप्तरूप स्वास्थ्य सेवा केन्द्र उर्लाबारीका कार्यक्रम संयोजक राजिव बस्नेतले जानकारी दिए ।
शिविरमा गुप्तरोग विशेषज्ञ एमबिबिएस एमएस डाक्टर प्रदिप यादव र महिला रोग विशेषज्ञ एमबिबिएस एमडी डाक्टर विद्या पोखरेल लगायत १५ जना स्वास्थ्यकर्मीहरुले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार