इलाम । लामो समयदेखी नेपाल पत्रकार महासंघ इलाम शाखा बाहिर रहेको प्रेस युनियन आजबाट महासंघको छातामुनी एकताभइ अघि बढन सहमत भएकाे छ । इलाम शाखाका उपाध्यक्ष सुजन तिम्सिनाको उपस्थितीमा महासंघको कार्यालयमा आज ३ संगठनका प्रतिनिधीहरुले ४ बुद्धे सहमती गर्दै गोलबन्द भइ अघि बढन सहमती जनाएका हुन ।
जिल्ला कार्य समितीमा खाली रहेको २ सदस्य र शाखाले मनोनित गर्ने १ जना सल्लाहकारमा प्रेस युनियनका सदस्यलाई समावेश गराउन महासंघ शाखामा अनुरोध गर्ने, महासंघ शाखा अध्यक्षले युनियन इलाम शाखाका अध्यक्षको परार्मशमा सदस्य र सल्लाहकारको नाम तय गर्ने र मनोनयनका लागी शाखालाई अनुरोध गर्ने, नविकरण गर्न बाकी यस शाखाका सदस्यको सदस्यता नविकरण गर्न शाखालाई सहयोग गर्ने र सवै सदस्य महासंघको छातामुनी बसेर एकताबद्ध भइ अघि बढने सहमती गरिएको हो ।
सहमती पत्रमा नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष सुजन तिम्सिना, प्रेस युनियनका अध्यक्ष तोयानाथ भट्टराई, प्रेस चौतारीका सचिव याम मावोहाङ र प्रेस सेन्टरका अध्यक्ष राजेश पराजुलीले हस्ताक्षर गरेका छन । । गत २०७३ साल फागुन ७ र ८ गते भएको शाखाको अधिवेशनमा प्रेस युनियन र संघिय प्रेस फोरम असन्तुष्ट भइ सहभागीता जनाएका थिएनन् ।