इलाम । जिल्लाको दक्षिणी गाउँपालिका चुलाचुलीको भवनमा अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्षमा क्षति भएको छ ।
शनिबार राति ९ बजे कार्यालयमा ठूलो आवाजमा बम विष्फोट भएको थियो । विष्फोटबाट दुईतले भवनका छत भ्वाङ परेको र छानासमेत खसेको कार्यालयका कार्यकारी अधिकृत छवि खतिवडाले बताए ।
घटनास्थलमा हेर्दा कुकरका पाप्रा र तारहरु भेटिएकाले कुकर बम विष्फोट गराइएको हुन सक्ने बताइएको छ । इलामबाट प्रहरी नायव उपरिक्षक रमेश बस्नेतको नेतृत्वमा प्रहरी टोली अनुशन्धानको लागि चुलाचुली तर्फ पठाई सकेको प्रहरी उपरिक्षक विपिन कुमार कर्मचार्यले जानकारी दिए