जित बहादुर राई माइजोगमाई गाँउपालिकामा अध्यक्ष हुन । जिल्ला खेलकुद विकास समितीका अध्यक्ष समेत रहेका उनी राजिनमा दिएर गाँउपालिका अध्यक्षको उम्मेदवार बनेर बिजयी भएका हुन । गत असार १४ गते सम्पन्न दोश्रो चरणको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसका सिटी शेर्पालाई हराउँदै गाँउपालिका अध्यक्षमा निर्वाचित भएका हुन । स्थानिय तहमा निर्वाचित भएको ८ महिनाको अवधीमा गाँउपालिकाले गरेका विकास र आगामी दिनमा गरिने योजना र कार्यको बारेमा गरेको संक्षिप्त कुराकानी :
स्थानिय तहको नेतृत्वमा आउनुभएको ८ महिना वितेको छ । गतिविधीहरु के कसरी अघि बढेको छ ?
हाम्रो गाँउपालिकाको कामहरुले एकदमै गति लिइरहेको छ । विकास निर्माणमा अलिक बढी ध्यान दिएका छौ । सम्पुर्ण विकास निर्माण सन्तोषजनक रुपमा अघि बढेका छन । पहिलो बर्ष भएकाले यतिको काम सन्तोषजनक भएको अनुभुती भएको छ ।
माइजोगमाइको विकास र सुविधा सम्पन्न बनाउन कस्ता योजना छन ?
संरचना अभाव छ । संरचना बनाएर सुविधा दिनुपर्छ भनी अगाडी बढेका छौ । हाम्रो गाउँपालिकामा ६ वटा वडा छ तर वार्ड कार्यालय छैन त्यसलाई व्यवस्थित गर्ने कार्यहरु भइरहेको छ ।
गाँउपालिकामा अधिकार सहितको संघियता आउँदा काम गर्न कतिको सजिलो छ ?
काम गर्ने सोचे अनुरुपको सजिलो भने छैन । कानुन, प्रक्रियाको पनि अफठ्यारो छ । प्राविधिक कर्मचारीहरुको पनि अभाव छ । तर त्यसका बाबजुद व्यवस्थापन गरेर अघि बढेका छौ । त्यती धेरै अप्ठयारो त्यती सहजता पनि छैन । मध्यम बिन्दुबाट अगाडी बढेको छौ । सन्तोषजनक नै भन्नुपर्ला ।
काममा विकासलाई प्राथमिकता भन्नुभयो । गाँउपालिकामा कस्ता विकासका संरचनाहरु बनाउनुहुँदैछ ?
अहिलेलाई प्रमुख संरचना भन्दा बाटो निर्माण नै भन्नुपर्ला । बाटो नभइ अन्य संरचना निर्माण हुनुमा खासै अर्थ नराख्ला । दोश्रोमा विद्युतीकरण, खानेपानी, स्वास्थ्य, शिक्षा, पर्यटन, धर्म संस्कृतीका कुरालाई ध्यानमा लिएर अघि बढिरहेका छौ ।
राज्यको लगानीको प्राथमिकता के लाई दिनुभयो । सरकारी लगानी के लाई दिँदा गाँउपालिकाको सरकार माथी उठछ ?
अहिले प्रमुख कुरो हाम्रो गाँउपालिका दुर्गम गाँउपालिकाको रुपमा बुझेका छौ । सडक राजमार्ग देखी भित्र पर्छ । यहाँ कुनै पनि राजमार्ग सडक वा स्थायी बाटो छैन । सबै कच्ची अस्थायी छन । यसलाई कसरी स्तरोन्नती गर्न सकिन्छ भन्ने ध्यय हो । पहिलो विकासको आधार भनेको कालोपत्रे वा राजमार्ग हो । बाह्रै महिना चल्ने बाटोको रुपमा बुझेका छौ । त्यसैलाई अगाडी बढाइरहेका छौ । विकास निर्माणको आधार भनेकै पक्की बाटो हो भन्ने बुझेका छौ । त्यसलाई पहिलो प्राथमिकता दिएका छौ ।
विकासको पहिलो आधार सडक भन्नुभयो । अहिले गाँउपालिकाले पनि पहिला जिविस र गाविसको जसरी टुक्रे बजेट छुटयाएको छ जुन विज्ञहरुले स्थायी विकासका लागी उपयुक्त मान्दैनन् । यस्ता कार्यक्रम कार्यान्वयनका कस्ता योजना छन ?
हामी सुरुवाती चरणमा छौ । पहिलो पटक मुलुक संघियतामा गएर जनप्रतिनिधी चुनिएकाले केही कमीकमजोरी अवश्य भएको हो । स्थानिय तहको कानुनको पनि अभाव छ । बाटोघाटोको ठोस कार्यक्रम गर्ने मान्यता हुँदाहुँदै पनि यो पहिलो बर्षको कार्यक्रम भएकोले जनताहरुको धेरै अपेक्षा चाहना भएकाले माग सम्वोधन गर्नुपर्ने भएकाले जति गर्नुपर्ने हो गर्न नसकिएको हो । भविष्यमा यस्ता टुक्रे कार्यक्रमहरुलाई कमी गरेर आगामी बर्षदेखी ठोस योजना लिएर बढने लक्ष्य छ । सोही अनुरुप अघि बढछौ र परिणाममुखी कार्यक्रम ल्याउने छौ ।
आर्थिक विकास नै मुख्य प्राथमिकता भन्नुभयो । कर संकलनको लागी कस्तो आधार छ । पछिल्लो समय स्थानिय तहले करको दायराको साटो करको दर बढाइरहेका छन तपाईको गाँउपालिकामा कस्तो छ ?
अन्य स्थानिय तहले कस्तो अभ्यास गरेका छन थाहा भएन । त्यती धेरै अध्ययन पनि गरेका छैन । तर माइजोगमाइ गाँउपालिकामा करको दायरा बढाउने कार्यक्रम लिएर अघि बढेका छौ । हाम्रो क्षेत्रको कृषिजन्य बस्तु र अन्य व्यापार व्यवसायालाई करको दायरामा ल्याएर फराकिलो बनाउनुपर्छ भन्ने मान्यताका साथ करको निर्धारण गरेका छौ । हामीले जति दायरा बढाए पनि हाम्रो समाजमा कर र राजस्व तिर्नुपर्छ भन्ने विकास नभइसकेकाले जनता, व्यवसायी र सरोकारवालालाई चेतना दिन सकेका छैनौ । पहिलो कुरो जिम्मेवारी बोध गराउन हामीले भविष्यमा कर सम्वन्धी कार्यक्रम दिनुपर्छ भन्ने अनुभुती भएको छ ।
संविधानले अधिकार धेरै दिएको छ । सुरुवाती चरण पनि छ कति वटा अधिकार प्रयोगमा ल्याउनुभएको छ ?
अहिले हामीले २२ वटा अधिकारको कुरा दिइरहेका छौ । सवै ति अधिकार प्रयोगमा लिएका छौ । त्यसलाई प्रक्रियामा बदल्न हामीविच समस्या पनि छ ज्ञानको कुरा, अध्ययनको कुरा जनचेतनाको कुराले सवै प्रयोगमा छैन ।
अहिले शिक्षा, स्वास्थ्य, पर्यटनका कुरालाई अगाडी ल्याएका छौ । केही मुद्धा मामिलाका सम्वन्धनमा मेलमिलाप गर्ने कुरालाई अलि बढी सिकाइमा ल्याउने प्रयासमा छौ । त्यसरी नै अघि बढेका छौ ।
चुनाव ताकाका प्रतिवद्धता पुरा गर्न स्थानिय स्रोत र केन्द्रिय तहसंगको समन्वयमा कसरी अघि बढी रहनुुु भएको छ ?
स्थानिय स्रोतलाई कसरी प्रयोग गरेर स्थानिय विकासमा लगाउने भन्ने योजना अनुरुप अघि बढेका छौ । हाम्रो गाँउपालिकाको क्षमता भन्दा बाहिरका कुरा प्रदेश र केन्द्रिय सरकारको सहयोगमा विकास विस्तार गर्नुपर्छ त्यो अनुरुप हामी लविङ गरिरहेका छौ ।
भारतसंग सिमाना जोडिएको छ । पर्यटन प्रर्वद्धन र वृद्धिका लागी कस्तो गुरुयोजना छन ?
हामीले गाँउपालिका सवै खाले पर्यटनको क्षेत्रको रुपमा पहिचान गरेका छौ । जस्तै धार्मिक पर्यटनको लागी मठमन्दिर,गुम्बाहरुको जुन किसिमको अवस्था छ पर्यटकहरुमा आर्कषणको बिषयबस्तु बनिरहेको छ । जस्तै कृषिको पर्यटनको रुपमा नेपाल सरकारबाट चलेको बागवानी जस्तै कृषि अनुसन्धान केन्द्र छ । यो कुरालाई कृषि पर्यटनको रुपमा र माइजोगमाइमा तुम्लिङ, मेग्मा जस्तै सिमा क्षेत्रमा रहेको पर्यटन क्षेत्र हो । त्यो प्राकृतिक रुपले जस्तै थुम्की, सात्ततले झर्ना माइजोगमाइको पर्यटनका संभावना बोकेको यो धार्मिक, प्राकृतिक, सांस्कृतिक क्षेत्र हो । यो क्षेत्र विकास गर्नका निम्ती योजना बनाएका छौ । त्यसलाई प्रर्वद्धन गरेर माइजोगमाइमा पर्यटनको माध्यमबाट जिवनस्तरबाट उकास्न समृद्धिको पाटोबाट ठुलो महत्वपुुर्ण योगदान र भविष्यलाई देखेर कार्यक्रम अघि बढाएको अवस्था छ ।