जेठ ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका इलामका १० वटै तहमा प्रमुख उपप्रमुखको उमेद्धवारी घोषणा भएको छ । आकाक्षि धेरै भएपछि जिल्ला तहबाट उमेद्धवारी छान्न नसकेपछि प्रमुख उप प्रमुखको उमेद्धवारी जेठ ९ गते राती प्रदेश कमिटीले घोषणा गरेको हो ।
नेकपा एमाले प्रचार समिति इलामका सचिव नवराज संकरका अनुसार दशवटै तहका प्रमुख उप प्रमुखको उमेद्धवारी घोषणासँगै सम्पूर्ण कार्याकर्ता प्रचारका कार्यक्रममा जुट्नेछन् ।
नेकपा एमालेले सन्दकपूर गाउँपालिकाको अध्यक्षमा उदय राई , उपाध्यक्षमा सोभा पराजुली माइजोगमाई गाउँ पालिकाको अध्यक्षमा जीत बहादूर राई, उपाध्यक्षमा सावित्रा भट्टराई, सूर्योदय नगरपालिकाको मेयरमा अार बी राई, उप मेयरमा चित्रकला बराइलीको उमेद्धवारी टुङ्गो लगाएको हो ।
यसैगरि रोङ्ग गाउँपालिकको अध्यक्षकम वृहस्पति भट्टराई, उपाध्यक्षमा विष्णुमाया खवास, माई नगरपालिकाको मेयरमा दिपक थेवे, उप–मेयरमा बिष्णुमाया आचार्य, चुलाचुली गाउँपालिकको अध्यक्षमा प्रदिपचन्द्र राई, उपाध्यक्षमा निर्मला दाहाल चयन भएका छन् ।
यस्तै माङ्सेबुङ्ग गाउँपालिकाको अध्यक्षमा हेमन्त राई, उपाध्यक्षमा सुनिता योङ्हाङ्ग फाकफोक फुम गाउँपालिकको अध्यक्षमा दिपेन्द्र खनाल, उपाध्यक्षमा सरस्वती राई, देउमाई नगरपालिकाको मेयरमा सूर्य पोखरेल उप मेयरमा पविमाया राई र इलाम नगरपालिकाको मेयरमा महेश बस्नेत र उप मेयरमा सुसिला नेम्बाङ्गको उमेद्धवारी चयन भएकाे हो । नेकपा एमालले यस अघि नै ८१ वडाका वडाध्यक्ष र सदस्यको उमेद्धवारी चयन गरिसकेको छ ।