इलाम । एनसेल टावरमा आगजनी गराएको आशंकामा बिहिबार जिल्ला प्रहरी कार्यालय इलामले दुई जनालाई पक्राउ गरेको छ । इलाम नगरपालिका–१ साखेजुङमा रहेको टावरमा बिहिबार विहान आगजनी गराएको भन्दै विशाल राई र बिमल राईलाई प्रहरीले पक्राउ गरेको हो ।
टावरमा बिहान करिव ३ वजे आगजनी भएको थियो । आगजनी पछि खोजतलास गर्ने क्रममा दुई जनालाई नियन्त्रणमा लिइएको इलामका प्रहरी प्रमुख एसपी विपिन कर्माचार्यले जानकारी दिए । पक्राउ पर्ने दुवैजना सोहि ठाउँका स्थानिय समेत रहेको वताइएको छ ।
पक्राउ पर्ने विशाल किरात मुक्ती मोर्चा इलामका अध्यक्ष समेत भएको प्रहरीको भनाई छ । गत मंसिर २१ गतेको प्रतिनिधी तथा प्रदेशसभाको चुनावमा समेत बिशाललाई प्रहरीले पक्राउ परेको एसपी कर्माचार्यले वताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
आगलागीबाट जेनेरेटर, टावर, मेसीन र तारमा क्षति पुगेको छ । कति क्षति भयो भन्ने यकिन तथ्यांक आउन बाँकी रहेको वताइएको छ ।