सुरूङ्गा । कनकाई नगरपालिकाले असक्क्त र बृद्धबृद्धाहरुको निशुल्क जिवन विमा सुरू गरेकाे छ । नगरपालिकाले सेवा सुरु गरेपछि नगरक्षेत्रका झण्डै ३ हजारजना यस सेवाबाट लाभान्वित हुने भएका छन । कनकाई नगरपालिकाभित्रका ७० वर्षमाथिका वृद्धवृद्धालाई नगरपालिकाले निशुल्क ५० हजारसम्मको जिवन विमा गर्न सुरु गरेको हाे ।
बुधवार विशेष कार्यक्रमका विच कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकाभित्रका १२ जना वृद्धवृद्धालाई यस विमा वापतको रकम प्रदान गर्दै विमाको उदघाटन गर्नुभयो । सरकारले प्रत्येक घरपरिवारको अनिवार्य जिवनविमा गर्न सुरु गरेपछि नगरपालिकाले जेष्ठ नागरिक , पुर्ण अपाङ्ग , एकल महिला , जेष्ठ दलितहरुको विमित रकम नगरपालिकालेनै व्याहोर्ने लाई नगरपालिका प्रमुख पोखरेलले बताए ।
यस सेवा पाउनेमा नगरभित्रका २२ सय १३ जना जेष्ठ नागरिक , ९० जना पुर्ण अपाङ्ग , ३९० जना एकल महिला र १२४ जना जेष्ठ दलित गरी जम्मा २ हजार ८ सय १७ जनाले यो सुविधा पाउने नगरपालिकाका कार्यकारी अधिकृत देवेन्द्र कार्कीले बताए ।
वृद्धवृद्धा र असक्तहरु आवश्यक रकमको अभावमा रोग पालेर नवसुन भनेर नगरपालिकाले विमाका लागि १७ लाख रुपैँया रकम विनियोजित गरेर यस वर्षदेखि बिमा सेवा सुरु गरेको नगरप्रमुख पोखरेलले बताउनुभयो । हरेक वर्षमा यस कार्यक्रमलाई निरन्तरता दिर्दै जाने समेत नगरप्रमुख पोखरेलले बताउनुभयो ।