Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

जंगली चितुवाको आक्रमणबाट एक जना सक्त घाइते

जंगली चितुवाको आक्रमणबाट एक जना सक्त घाइते

  • सन्देश सम्बाददाता
  • शुक्रबार, चैत्र ९ २०७४


जंगली चितुवाको आक्रमणबाट एक जना सक्त घाइते

इलाम । इलामको सुर्योदय नगरपालिका ३ मा जंगली चितुवाको आक्रमणबाट एक जना सक्त घाइते भएकी छिन ।
साबिक पशुपतिनगर रुङ्सुङ ८, जिल ९, र मेहेलबोटे ६ को सङगम स्थल स्थित गोमा कठेत शक्त घाइते भएकी हुन । जिल ,मेहेलबोटे र रुङ्सुङ को सङगम स्थलमा घाँस काट्ने क्रममा उनिमाथि चितुवाले आक्रमण गरेको हो ।
शक्त घाइते र चितुवा बिच करिब १५ मिनेट भिडन्त भएको निर्मल कठेतले जानकारी दिनुभयो । घाइतेको बिर्तामोड स्थित मनमोहन मेमोरियल हस्पिटलमा उपचार भैरहेको लेखनाथ पोख्रेलले जानकारी दिनुभयो ।

सङगम स्थल स्थित कालिखोलामा माछा मार्न गएकाहरुले घाइते कठेतको उदार गरेका थिए ।
केही समय देखि जिल , रुङ्सुङ , मेहलबोटे क्षेत्रमा चितुवा आक्रमण फैलिरहेको स्थानीयहरुले बताएका छ्न ।गत साल पनि जिल स्थित मयु खोला नजिक चितुवाले आतंक मचाएको जिलका सन्त वीर तामाङले बताउनु भयो ।
बर्सेनि भारतीय सिमा जङल हुँदै पशुपतिनगर क्षेत्र भित्र चितुवा आतंक हुँदै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार