माइजाेगमार्इ । इलामको माईजोगमाई–६ मा आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ। मंगलबार ५५ वर्षीया निरकुमारी राई आफ्नै घरमा आगो ताप्ने क्रममा चुलामा लडेकी थिइन्।
शरीरमा आगो लागेर घाइते भएपछि उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक विपिन कर्माचार्यले जानकारी दिए।