Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

क्षमता बिकास सम्बन्धि एक दिने नगर स्तरीय तालिम सम्पन्न

क्षमता बिकास सम्बन्धि एक दिने नगर स्तरीय तालिम सम्पन्न

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन १३ २०७४


क्षमता बिकास सम्बन्धि एक दिने नगर स्तरीय तालिम सम्पन्न

सुरूङ्गा । कनकार्इ नगर बालसञ्जालद्वारा आयोजना र अन्तराष्ट्रिय युवा समिती (IYC) को सहजिकरणमा क्षमता बिकास सम्बन्धि एक दिने नगर स्तरीय तालिम सम्पन्न भएको छ । सुुरुङ्गा जेसिजको सभाहलमा भएको उक्त तालिम मा आर्थिक सहयोग कनकाई नगरपालिकाको रहेको थियो ।

कनकाई नगर बालसञ्जालका अध्यक्ष नविन गौतमको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नगरपालिकाकी उप–प्रमुख मञ्जु प्रसाईले यस्ता खालका तालिम सञ्चालन गरेर बालक्षमता तथा उनिहरुको ब्यत्तित्व बिकासमा सहयोग गरेकोमा नगर बालसञ्जाललाई शुभकामना दिँदै आगामी दिनमा समेत नगरपालिकाको तर्फबाट यस्ता कार्यक्रमलार्इ निरन्तरता दिन आर्थिक सहयोग गर्ने प्रतिवद्घता समेत व्यक्त गरिन् ।

उक्त कार्यक्रममा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष राजकुमार कट्टेल, सुरुङ्गा सहकार्य युवा क्लवका अध्यक्ष सुदिप भण्डारी, लियो क्लव अफ कनकाई सुरुङ्गाका जोइन्ट सेक्रेटरी गिब्सन ढकाल, वडा न ४ का वडाअध्यक्ष गोविन्द पौडेल र  वडा सदस्य नरमान श्रेष्ठ द्वारा शुभकामना रहेको उक्त तालिम कार्यक्रमकाे प्रशिक्षण सुरुङ्गा जेसिज वर्ष २०१८ का अध्यक्ष भीम भट्टराईले गरेका थिए भने संचालन दिवश कार्कीले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार