Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

रगत बटुलेर जनयुद्ध दिवस

रगत बटुलेर जनयुद्ध दिवस

  • लोकल सन्देश
  • मंगलबार, फाल्गुन १ २०७४


रगत बटुलेर जनयुद्ध दिवस

भद्रपुर । २३औं जनयुद्ध दिवसको अवसर पारेर आज भद्रपुरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटीको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ३ जना महिलासहित २० जनाले रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा माओवादी केन्द्रका नेता राजु आचार्य अग्निको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । यता कमल गाउँपालिका ३ मा पनि सोही अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

रक्तदान कार्यक्रममा ४४ जनाले रगत दान गरेको आयोजकका सहसंयोजक गोविन्द तिवारीले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी दमकको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको सभापतित्व सो पार्टीका कमल गाउँपालिका संयोजक प्रताप सुब्बाले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार