Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

प्रेम बचाउका लागी अमेरिकाबाट नेपालीले गरे सहयोग

प्रेम बचाउका लागी अमेरिकाबाट नेपालीले गरे सहयोग

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ २८ २०७४


प्रेम बचाउका लागी अमेरिकाबाट नेपालीले गरे सहयोग

माइ । २३ महिनादेखी साउदीमा जेलजिवन विताइरहेको इलामको माइ नगरपालिका–४ का प्रेम राई बचाउका लागी अमेरिकामा रहेका नेपालीहरुले सहयोग गरेका छन ।

अमेरिकाको स्कार्टन पेन्सलभेनिया राज्यमा बस्ने सुकु पुलामीको नेतृत्वमा प्रेम बचाउ अभियानका लागी नगद २० हजार सहयोग संकलन गरिएको हो ।

सुकुका श्रीमान शिब लायो मगरले स्थानिय समाजसेवी दिपक मगर श्याम मगर, दुर्गाराज शंकरको रोहबरमा प्रेमको श्रीमती सरिता राईलाई संकलित सहयोग रकम हस्तान्तरण गरेका छन ।

२०१६ मार्च ३१ तारिकका दिन प्रेमले चलाएको लहरीमा बोकेको केबलतार चोरी भएपछि त्यसैको आरोपमा जेल जीवन बिताउन बाध्य भएका छन । उनलाइ अदालतले २ महिना कैद र ५० कोर्राको सजाय तोकेको थियो ।

सजाय भोगेर नेपाल आउने तयारी गरिरहेको प्रेमलाई कम्पनीले पासपोट नदिइ पुनः मुद्धा हालेर ३ लाख १० हजार रियाल (९५ लाख रुपैयाँ नेपाली) जरिवाना तोकेको थियो ।

जरिवाना तिर्न नसक्ने भएपछि प्रेम साउदी जेलमा रहेका छन । प्रेमको रिहाइका लागी प्रेम बचाउन अभियान संचालन गरेर देश तथा विदेशमा सहयोग रकम संकलन भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार