मंगलबारे । सरस्वती आधारभूत बिधालय देउमाई २ तपेवामा पुर्व ब्रिटिस आर्मी बलबिर राईकाे परिवारले अक्षयकाेष स्थापना गरेका छन् । बलबिर र उनकी श्रीमती बिरमायाले १ लाखकाे अक्षयकाेष र ५० हजार भाैतिक निर्माणका लागि ५० हजार प्रदान गरे ।
राई दम्पतीका सन्तान साेहि बिद्यालयमा प्रारम्भिक शिक्षा हासिल गरि बेलायत, हङकङ देशहरूमा व्यवसाय गरि बसोबास गर्दै आइरहेको छन् । बिधालयले परिवारलाई र समाजलाई दिएको योगदान लाई सम्झिएर थप उन्नतिको लागि सहयोग गरेकाे बताइएकाे छ ।
पुस १३ गते कार्यक्रम आयोजनामा गरि रकम हस्तान्तरण गर्नुका साथै सबै बिद्यार्थीहरुलाई कपी समेत वितरण गरिएकाे छ । यस्तै गरि बिधालयले देउमाई नगरपालिका वडा न २ का वडाध्यक्ष, अभिभावक, शिक्षक, विद्यार्थी, समाजसेवी, बिधालयको समितिहरुको उपस्थितिमा बिधालयको तर्फ बाट कदर पत्र प्रदान सहित सम्मान समेत गरिएकाे छ।
राई दम्पतीले आगामी दिनहरूमा समेत बिधालयलाई अरु थप सहयोग गर्दै जाने बताए ।