Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

शताब्दीले गर्‍यो सामाजिक क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान

शताब्दीले गर्‍यो सामाजिक क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस १५ २०८०


शताब्दीले गर्‍यो सामाजिक क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान

इलाम । शताब्दी वचत तथा ऋण सहकारी संस्थाले सामाजिक क्षेत्रमा उल्लेख्य योगदान गर्नेहरुलाई सम्मान गरेको छ । संस्थाको २१ औं साधारण सभा तथा २४ औ वार्षिक उत्सवको अवसरमा र लामो समयदेरिव स्वास्थ्य सेवा मार्फत योगदान पुर्याएका इलाम अस्पतालका टिका लुईटेल र व्यवसायी सर्मिला निरौलालाई सम्मान गरिएको हो ।

सोही अवसरमाको एसईई र कक्षा ८ को परीक्षामा उत्कृष्ट विद्यार्थी, असल ऋणी, वचतकर्तालगायत संस्थाले आयोजान गरेको राष्ट्रको विकासमा सहकारीको भूमिका विषयक वक्तृत्वकलाका विजेता तथा उप विजेता विद्यार्थीलाई प्रशंसापत्र सहित पुरस्कृत गरिएको थियो ।

इलामको जेठो मध्येको शताब्दीको कूल कारोबार २५ करोड र वचत १३ करोड रुपयाँ रहेको संस्थाका सचिव मोहन विष्टले जानकारी दिए । संस्थामा १६ सय २८ जना आवद्ध छन् ।

संस्थाका अध्यक्ष जीत वहादुर खडकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिकाकी उपप्रमुख  विष्णु दाहाल, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव, भहराई, सम्मानीत सर्मिला, संस्थाका पूर्व अध्यच रविन्द्र श्रेष्ठ लगायतले आर्थिक गतिविधि कम हुदा व्यवसायी र कृषक मारमा परेकाले उनीहरुलाई राहत मिल्ने खालका कार्यक्रम ल्याउनु पर्ने वताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार