सन्दकपुर । इलामको पर्यटकीय गाउँपालिका सन्दकपुरमा साहित्यीक तथा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । झापाको चन्द्रगढि स्थित डाइनामिक ग्रुप नेपालको आयोजनामा श्रष्ठा सम्मान सहित साहित्यीक तथा साङ्गीतिक कार्यक्रम भएको हो ।

ग्रुपकी अध्यक्ष खगेन्द्रा खुशिको अध्यक्षतामा भएको कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । कार्यक्रममा गजलकाल गिता सुवेदी नेपाल, रस्मी असफल, कृष्ण सुवेदी निराकार, देवी चरण भण्डारी, जमुना खनाल, टिका भट्टराई नेपाल, कल्पना भट्टराई, खेमराज दाहालले गजल वाचन गरेका थिए । कार्यक्रममा गायक अर्जुन खरेल, निरज पोखरेल, विनोद बोख्खिम, सिवानी राई, अइन्द्र सुवेदीले आफ्नो गायन प्रस्तुत गर्दै आएका थिए । कार्यक्रममा सत्यनारायण तायल माडमारि भाषामा आफ्नो कविता वाचन गरेका थिए ।

कार्यक्रममा साहित्य र कला संगीत मार्फत सेवा गरेवापत सन्दकपुर निवासी साहित्यकार लक्ष्मी पाठकलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कवि प्रतिभा पौडेल,चन्द्रमणि पौडेलले स्वागत मन्तव्य गरेका थिए । साहित्यका मार्फत पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका ग्रुपले हरेक वर्ष कार्यक्रम गर्दै आएको छ ।
