Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

अखिल क्रान्तिकारीद्धारा महेन्द्र रत्न बहुमुखि क्याम्पस इलामका कर्मचारी सम्मान (तस्बिरहरु)

अखिल क्रान्तिकारीद्धारा महेन्द्र रत्न बहुमुखि क्याम्पस इलामका कर्मचारी सम्मान (तस्बिरहरु)

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस १२ २०८०


अखिल क्रान्तिकारीद्धारा महेन्द्र रत्न बहुमुखि क्याम्पस इलामका कर्मचारी सम्मान (तस्बिरहरु)

इलाम । अखिल क्रान्तिकारीद्धारा महेन्द्र रत्न बहुमुखि क्याम्पस इलामका कर्मचारी सम्मान गरेको छ । अखिल क्रान्तिकारी महेन्द्र रत्न बहुमुखि क्याम्पस कमिटीद्धारा एक कार्यक्रमको आयोजना गरि मा मालि पदमा काम गर्दै आएका वीर बहादुर लिम्बूलाई सम्मान गरिएको हो । २८ वर्ष महेन्द्र रत्न बहुमुखि क्याम्पसमा कार्यरत रहेका लिम्बु उत्कृष्ट कर्मचारी हुन् ।


अखिल क्रान्तिकारी क्याम्पस कमिटीका अध्यक्ष शम्भु राईको अध्यक्षता,नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य रन्जित तामाङ प्रमुख आतिथ्यतामा मालि पदमा कार्यारत लिम्बुलाई सम्मान गरिएको हो । क्याम्पस प्रमुख खगेन्द्र प्रसाद चापागाईं विशेष आतिथ्यतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारी इलाम अध्यक्ष नयन वान्तावा, सहयाक प्रमुख भिम रिजाल, नेपाल प्राध्यापक संगठनका प्रदेश उपाध्यक्ष प्रेम लुइटेल, त्रिवि कर्मचारी संगठन इकाइ अध्यक्ष केन्द्र खत्री, स्ववियु सचिव राजेन्द्र लोहार, स्ववियु सदस्य पुष्कर बोहोरा, बबिता खनाल, सुम्निमा राईको आथित्यता रहेको थियो । नेपाल विद्यार्थी संघ सभापति रेखा बेघाको आतिथ्यतामा रहेको कार्यक्रम संचालन समितिको सचिव, स्ववियु सदस्य ज्ञानेन्द्र चापागाईंले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार