माई । इलामको माई नगरपालिका-२ पिपलडाँडामा रहेको सहरा ख्रिस्टियन मण्डलीले आईतबार माई अस्पताललाई २ सेट (६ थान) जोइन्ट स्टिल कुर्शी प्रदान गरेकोे छ।
बिरामी कुरुवाहरुको सहजताका लागि २६ हजार मुल्य बराबरको जोइन्ट कुर्सी प्रदान गरिएको मण्डलीका पाष्टर शेर बहादुर राईले जानकारी दिए। कुर्सि प्राप्त भएपछि विरामी र कुरुवालाई सहजता हुने भएको माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताए।
कुर्सी वितरण कार्यक्रममा मण्डलीका तर्फबाट पाष्टर शेरबहादुर राई,अगुवाहरु दिपेन्द्र सुब्बा ‘सङ्गम’,कल्पना थापा मगर, स्वास्थ्य शाखाको तर्फबाट प्रमुख पुष्कर कट्टेल, माई अस्पतालका डा गौतम झा,डा शम्भु खर्गा लगायतको उपस्थिति रहेको थियो। मण्डलीले कोभिडको समयमा तथा समय समयमा राहात र सहयोग प्रदान गर्दै आएको छ ।