Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

केचना कंचनजंघा पर्यटन विकास समितिको बोर्ड सदस्यलाई स्वागत (तस्बिरहरु) 

केचना कंचनजंघा पर्यटन विकास समितिको बोर्ड सदस्यलाई स्वागत (तस्बिरहरु) 

  • खेमराज ढकाल
  • आइतबार, पौस ८ २०८०


केचना कंचनजंघा पर्यटन विकास समितिको बोर्ड सदस्यलाई स्वागत (तस्बिरहरु) 
इलाम । कोशी प्रदेशका चार जिल्लाको पर्यटन प्रवद्र्धन गर्न स्थापना भएको केचना कञ्चनजंघा पर्यटन विकास समितिको बैठक इलाममा सम्पन्न भएको छ । विकास समितिका अध्यक्ष हरिचरण वानीयाँको अध्यक्षतामा समितिको बैठकले चार जिल्लाको पर्यटन प्रवद्र्धन गर्न पाँचथरको माझीटारमा मेची महोत्सवको आयोजना गर्ने निर्णय गरेको छ ।  बैठकमा समितिका अध्यक्ष हरिचरण वानियाँ, अनिता कन्दङ्वा, दिपेन्द्र तुम्वापो, सुजन तिमसिना, विरेन्द्र वाँस्कोट, सुमित्रा लिम्बू, कार्यकारी निर्देशक केशवकुमार धौराली र सल्लाहाकार सदस्य प्रकाश अधिकारीको उपस्थिति रहेको थियो ।
बैठकले केचना कञ्चनजंघा पर्यटन विकास समितिको सदस्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री स्तरिय निर्णयबाट सदस्यमा मनोनित भएका सुजन तिमसिना (इलाम), विरेन्द्र वाँस्कोटा (पाँचथर), र सुमित्रा लिम्बू (ताप्लेजुङ) लाई स्वागत गरिएको थियो । बोर्ड सदस्यलाई स्वागत गर्दै समितिका अध्यक्ष हरिचरण बानियाँले समितिले पूर्णता पाएसँगै संस्था चलायमान गर्न सहज हुने बताएका थिए ।
बैठकले समितिका पूर्व बोर्ड सदस्यहरु टईन्द्र चापागाई, नवराज भट्टराई र कल्पना दर्जिको योगदानको कदर गर्दै आभार प्रकट गरिएको थियो । समितिको अवस्थाका बारेमा केचना कञ्चनजंघा पर्यटन विकास समितिका अध्यक्ष र कार्यकारी निर्देशकले जानकारी दिएका थिए । बैठकले समििितको संगठन संरचना अध्ययन वारेमा ५ सदस्य समिति  गठन गरेको   छ । समितिले पौष महिना भित्र संगठन संरचना निर्माण गरि मन्त्रालयमा पेश गर्ने निर्णय गरेको छ । समितिमा अध्यक्ष  हरिचरण वानियाँ कार्यकारी निर्देशक केशवकुमार धौराली सदस्य अनिता कन्दङ्वा, सुजन तिमसिना र विरेन्द्र वाँस्कोटा रहेका छन् ।
संघिय मन्त्रालय र प्रदेश सरकारसँग आवश्यक परामर्श तथा समन्वय सम्वन्धमा पनि समिति निर्माण गरेको छ । संघिय मन्त्रालय र प्रदेश सरकारसँग आवश्यक परामर्श तथा समन्वय गर्न र वजेट तथा कार्यक्रम साथै अन्य समग्र विषयको समन्वय तथा छलफल परामर्श समिति गठन गरिएको हो । बैठकले नेपाल पर्यटन वोर्डसँग प्रवद्र्धनात्मक कार्यक्रम माग गर्न नेपाल पर्यटन वोर्डसँगको सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्नका लागि आवश्यक कार्यक्रम वनाई नेपाल पर्यटन वोर्डमा पेश गर्ने निर्णय गरिएको छ ।
. मेची क्षेत्री पर्यटन महोत्सवका सन्दर्भमा यो वर्ष पाँचथरको तमोर माझीटारमा आयोजना गर्ने गरिको प्रस्ताव पेश गर्ने तथा त्यसको आवश्यक व्यवस्थापनका लागि पाँचथरमा दिपेन्द्र तुम्वापोलाई व्यवस्थापन गर्ने जिम्मेवारी दिने निर्णय गरिएको कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले बताए । चार जिल्लाको पर्यटनसँग सम्वद्ध संस्थाको आवश्यक प्रोफाईल तथार गर्ने गरिको फर्म निर्माण गरि संस्थाको कार्यालयमा अभिलेखिकरण गर्ने निर्णय गरिएको छ । पर्यटकिय गन्तव्यहरुलाई पुनरावलोकन गरि सूचिकरण गर्नका लागि वर्तमान पर्यटकिय गन्तव्यहरुको अध्ययन गरि चुस्त प्रतिवेदन निर्माणका लागि प्रदेश पर्यटन मन्त्रालयसँग आवश्यक समन्वय गर्ने निर्णय गरिएको समितिका बोर्ड सदस्य सुजन तिमसिनाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार