Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

सूर्यरत्न सहकारीकाे तेश्राे साधारणसभा सम्पन्न

सूर्यरत्न सहकारीकाे तेश्राे साधारणसभा सम्पन्न

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस ८ २०८०


सूर्यरत्न सहकारीकाे तेश्राे साधारणसभा सम्पन्न

इलाम । सूर्यरत्न बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधारण सभा सम्पन्न गरेको छ । २०७८ सालबाट सुरु भएको संस्थाले तेस्रो साधारण सभामा आइपुग्दा ४० लाख बचत सङ्कलन गरेको बताएको छ । जिल्ला भर कार्यक्षेत्र बनाउने उद्देश्यका साथ अघि बढेको संस्थाले हाल इलाम नगरपालिका कार्यक्षेत्र बनाएर बचत सङ्कलन गरिरहेको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० मा सात लाख ३० हजार को लगानीमा सुरु गरेर असार मसान्त सम्ममा ३० लाख पुर्‍याएको र हाल ४० लाख बचत सङ्कलन गरेको साधारण सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
संस्थाको सुरुमा ८८ जना शेयर सदस्य रहेकोमा हाल चार सय ६५ जना पुगेको र निरन्तर रूपमा थप गरिरहेको संस्थाका अध्यक्ष दीपेन्द्र चापागाईँले बताए । संस्थाले दैनिक बचतमा सात प्रतिशत, मासिक बचतमा आठ प्रतिशत र बाल बचतमा ९ प्रतिशत ब्याजदरमा बचत सङ्कलन गर्ने जनाएको छ । त्यस्तै रिण लगानीमा वार्षिक १४ प्रतिशत र महिला उद्यमशीलता लाई प्रोत्साहन गर्ने उद्देश्यले १२ प्रतिशत ब्याजदरमा वार्षिक लगानी गर्ने जनाएको छ ।
संस्थाको शेयर सदस्यको मृत्यु भएमा क्षतिपूर्ति स्वरूप पाँच हजार रुपैयाँ सहयोग गर्ने जनाएको छ । त्यस्तै २५ हजार न्यूनतम शेयर खरिद गर्ने शेयर सदस्यलाई उक्त रकम भन्दा कम लगानी गर्ने शेयर सदस्य भन्दा एक रुपैयाँ कम ब्याजदर रहने संस्थाले जनाएको छ ।
संस्थाको अध्यक्ष दीपेन्द्र चापागाईँको अध्यक्षता र संस्थाको परिकल्पनाकार इलाम क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख गणेश बराल र इलाम नगरपालिका-७ काे कार्यवाहक अध्यक्ष बसन्ती घतानीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष चित्रमाया गुरुङले राखिन भने संस्थाका सचिव प्रकाश घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए । सभाले सल्लाकार समिति समेत विस्तार गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार