Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

साना किसान दानावारीको १३ औं साधारणसभा

साना किसान दानावारीको १३ औं साधारणसभा

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस २ २०८०


साना किसान दानावारीको १३ औं साधारणसभा

माई । इलामको दानाबारी स्थित साना किसान महिला कृषि सहकारी संस्था लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ। एक हजार २ सय ८ जना महिला सदस्य आवद्ध रहेको साधारण सभाको उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथी माई नगरपालिकाका प्रमुख खम्बा सिं लिम्बुले गरेका थिए। प्रमुख लिम्बुले आमाहरु आबद्ध सहकारी रहेकाले लामो समयसम्म संस्थागत विकासका साथ सञ्चालन रहने बताए ।

सहकारीको संस्थागत आर्थिक क्रियाकलाप तथा गतिविधिको नगरपालिकाले अनुगमन गर्ने जानकारी दिँदै सहकारी कुन वाटोमा जादैछ भन्ने शेयर सदस्यले जानकारी राखी सहि वाटोमा हिडाउन निरन्तर खबरदारी गर्नु पर्ने बताए। लिम्बूले माई नगरपालिकामा ३५ वटा सहकारी दर्ता रहेको जानकारी दिँदै ब्यवस्थापनमा समस्या रहेको धारणा राखे ।

बिशेष अतिथि माई नगरपालिका उपप्रमुख हिमा भण्डारीले सहकारीका विषयमा गहिरो संग बुझेर आबद्ध रहनु पर्ने बताउँदै अरु सहकारी भन्दा भिन्न महिला मात्र रहेको साना किसान महिला कृषि सहकारीमा महिलाको उत्साह, जागर र प्रगति रहेको बताइन्। उनले गत बैशाखमा सहकारीबाट करिव २७ लाख चोरी भएको विषयबाट सहकारी प्रति सर्वसाधारणको विश्वास घटेको बताइन् ।

संस्थाकी अध्यक्ष कल्पना थापाले वार्षिक प्रगती प्रतिवेदन, एवम कार्यक्रम तथा बजेट र लेखा समितिका तर्फवाट प्रस्तुत बार्षिक प्रतिवेदन संयोजक धनकुमारी राई र समग्र जानकारी ब्यबस्थापक ईन्द्र बहादुर रैका मगर (दिपक) ले प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७९÷०८० मा २ करोड ३६ लाख ४५ हजार १ सय रुपैंया चुक्ता शेयर पूँजी, जगेडा तथा अन्य कोष हिसाब १ करोड ५६ लाख २२ हजार ७ सय ५१रुपैयाँ रहेको छ ।

निक्षेप हिसाब ६ करोड २ लाख १० हजार ७ सय ३ रुपैयाँ, ऋण तथा सापटी ९ करोड ८१ लाख ५मा हजार रुपैयाँ, दायित्व १ लाख ६ हजार ५ सय ६४ रुपैयाँ, कर दायित्व ४ लाख ८६ हजार ८ सय ६९ रुपैयाँ र अनुदान हिसाब ७ लाख १३ हजार २ सय २ रुपैयाँ वासलत रहेको बताईएको थियो। संस्थाले अर्थिक वर्ष ०७९र०८० मा १९ करोड ८९ लाख ३५ हजार २ सय ८१ रुपैंयाको कूल सम्पत्ति एवम जायजेथा रहेको छ। गत बर्ष भने संस्थाले १७ करोड ३० लाख ९ हजार ७ सय ४ सम्पत्ति एवम जायजेथा रहेको जनाईएको छ।

साधारण सभाको अवसरमा संस्थाले सबै अतिथिहरुलाई मायाको चिनो प्रदान गरि सम्मान गरेको कार्यक्रममा संस्थामा आबद्ध ९ जना सदस्य र सदस्यका परिवारलाई सम्मान गरिएको थियो। सम्मानित हुनुहुनेहरुमा उत्कृष्ट किसान तरकारी खेती तर्फ बिन्दु कुमारी राई, बाख्रा पालन तर्फ हिरादेवी थापा, गाईभैंसी पालन तर्फ भद्रमाया पुर्वछाने, उत्कृष्ट समुह तर्फ समुह नम्बर २७५ सुखानी र समुह नम्बर २१४ खर्बनी रहेका छन्। त्यस्तै उत्कृष्ट ऋणि सदस्य पवित्रा राई र टेकमाया पौडेल, उत्कृष्ट एसईइ सफल तारा देवी गौतम र जेष्ठ सदस्य डिल्लीमाया एक्तेनलाई नगद सहित सम्मान गरिएको थियो ।

साधारणसभा उद्घाटन सत्रमा अतिथीहरु सहकारीका पुर्व अध्यक्ष नरमाया धमला, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड इलाका कार्यालय बिर्तामोडका इलाका प्रबन्धक सुवास गौतम, माई नगरपालिका पुर्व उप प्रमुख बिष्णुमाया आचार्य, माई नगरपालिका सहकारी शाखा प्रमुख हिमाल मित्र, नेपाली काँग्रेसका डिल्लीमाया भट्टराई, नेकपा एमालेका कुमारी रैका मगर, नेकपा माओवादी केन्द्र माई अध्यक्ष भक्त बहादुर लुङ्गेली, समाजसेवी ध्रुव श्रेष्ठ, गरुवा बहुमुखी क्याम्पसका प्रमुख भुपाल अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । सभाको सन्चालन सोफिया आङदेम्बेले गरेको संस्थाकी सहप्रबन्धक सिर्जना खवासले जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार