Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

माओवादी केन्द्र माङसेबुङ-५ को वडा अधिवेशन सम्पन्न, अध्यक्षमा नेम्बाङ निर्वाचित

माओवादी केन्द्र माङसेबुङ-५ को वडा अधिवेशन सम्पन्न, अध्यक्षमा नेम्बाङ निर्वाचित

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस २ २०८०


माओवादी केन्द्र माङसेबुङ-५ को वडा अधिवेशन सम्पन्न, अध्यक्षमा नेम्बाङ निर्वाचित

माङसबेुङ : नेकपा (माओवादी केन्द्र) माङसेबुङ गाउँपालिका-५ वडा समितिको विशेष वडा अधिवेशन आइतबार भालुटारमा सम्पन्न भएको छ । ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ नारासाथ माओवादी केन्द्रले संचालन गरिरहेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तरगत विशेष अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले सुन्दर नेम्बाङको अध्यक्षतामा नौ सदस्यीय नयाँ वडा समिति निर्वचित गरेको छ । उपाध्यक्षमा यामबहादुर चेम्जोङ, सचिवमा अमृत चेम्जोङ र कोषाध्यक्षमा चन्द्रकुमारी येक्तेन लिम्बू निर्वाचित भएका छन् । सदस्यहरुमा कल्याण राई, मोहन योङहाङ, रणध्वज सम्बाहाम्फे र उषा लावती निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई माओवादी केन्द्र इलाम संयोजक विजय खम्बूले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

माओवादी केन्द्र वडा समितिका निवर्तमान वडा अध्यक्ष सन्तबहादुर राई जंगको अध्यक्षता र केन्द्रीय सदस्य एवम् इलाम इन्चार्ज कुलप्रसाद साँवा कुशलको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा प्रदेश सदस्य एवम् इलाम सहइन्चार्ज कान्छा लावती, इलाम संयोजक खम्बू, इलाम जिल्ला सदस्य टेकहाङ सोङ्मी, प्रेस सेन्टरका केन्द्रीय सदस्य राम योङहाङ, माङसेबुङ अध्यक्ष पृथीमान चवेगू, उपाध्यक्ष विकेन्द्र योङहाङ, सचिव भूपाल योङहाङलगायतको उपस्थिति थियो

प्रतिक्रिया
सम्बन्धित समाचार