इलाम– मेची राजमार्गअन्तर्ग इलामको रोङ गाउँपालिका–४, किटेनीमा पराल बोकेको पिकअप जलाएइको छ । झापाबाट पराल लिएर इलामतर्फ आउँदैगरेको मे १ च ११४० नम्बरको पिकअप रोकेर चालकलाई बाहिर निकाली आगो लगाइएको स्थानीयले जनाएका छन् । पिकअप जलाइएको स्थानभन्दा करिब तीन सय मिटरमा प्रहरी चौकी छ ।
कोशी प्रदेशको नामकरण सच्याउन माग गर्दै आन्दोलनरत पक्षले आज मंसिर ३० र पुस १ का लागि मेची राजमार्ग बन्द आह्वान गरेको थियो । उनीहरूले आफ्ना कार्यकर्ता रिहाइको माग गरेका छन् ।