Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

सानिमा बैंकको १९ औं बार्षिक उत्सवको अवसरमा इलाम चोक बजारमा रक्तदान

सानिमा बैंकको १९ औं बार्षिक उत्सवको अवसरमा इलाम चोक बजारमा रक्तदान

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर २८ २०८०


सानिमा बैंकको १९ औं बार्षिक उत्सवको अवसरमा इलाम चोक बजारमा रक्तदान

इलाम । सानिमा बैंकको १९ औं बार्षिक उत्सवको अवसरमा देश व्यापी रुपमा संचालन भएको रक्तदान कार्यक्रम सानीमा बैंक इलाम शाखाले आज इलाम चोक बजारमा रहेको लाकुरी चौतारामा सम्पन्न गरेको छ । ‘रक्तदान जिवनदान’ भन्ने उद्धेश्यले बैंक स्थापना भएको १९ वर्षको अवसरमा २१ गते देखी पौष ९ गते सम्ममा सबै शाखाहरुले रक्तदान कार्यक्रम सम्पन्न गर्नु पर्ने कार्यक्रम अन्र्तगत इलामले बिहिबार कार्यक्रम सम्पन्न गरेको शाखा प्रमुख समिता बस्नेतले जानकारी दिइन् ।

रक्तदान कार्यक्रममा बिभिन्न बैंकका कर्मचारी नेपाल प्रहरी,नेपाली सेना,सशस्त्र प्रहरी, संचारकर्मी बिभिन्न सरोकारवाला,लगायत ८१ जनाले रगत दान गरेको बस्नेतले बताइन् । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटीले गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार