इलाम । तमु युवा ह्युल छोंज धींको अध्यक्षमा कास्कीका तोरण गुरुङ निर्वाचित भएका छन् । इलाममा सम्पन्न दोस्रो महाधिवेशनबाट गुरुङको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको हो ।
यसैगरी महासचिवमा तनहुँका मनराज गुरुङ निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा सर्वजित गुरुङ (रुपन्देही), महिला उपाध्यक्षमा प्रमिला गुरुङ (काठमाडौँ) कोषाध्यक्षमा विनोद गुरुङ चयन भएका छन् । महाधिवेशनले ७ पदाधिकारी सहित २९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
प्रदेश प्रमुखमा तमुवानमा अर्जुन गुरुङ र मगरात थरुहटमा सुकमाया गुरुङ चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा सुशील गुरुङ, कृष्ण गुरुङ, विक्रम गुरुङ, विशाल गुरुङ, अर्जुन गुरुङ, कृष्ण गुरुङ निर्वाचित भएका छन् ।