Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

फाकफाेकथुकमा मेलमिलापकर्ता पुनर्ताजगी तालिम

फाकफाेकथुकमा मेलमिलापकर्ता पुनर्ताजगी तालिम

  • लिला लिम्बु
  • शुक्रबार, मंसिर २२ २०८०


फाकफाेकथुकमा मेलमिलापकर्ता पुनर्ताजगी तालिम

फाकफाेकथुम । इलामकाे फाकफोकथुम आयोजनमा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तिन दिने तालिम बिहिवारबाट सुरू भएकाे छ । फाकफोकथुम गाउँपालिकाको उपाध्यक्ष तथा न्यायिक समितीका अध्यक्ष कल्पना राईको अध्यक्षतामा सुरू भएकाे हाे ।

प्रशिक्षक सहजकर्ता अम्बर देवान,बिमल कुमार दाहाल र शैलेश सिउजु उपस्थितीमा कार्यक्रम सुरू भएकाे छ । तालिमको पहिलो दिन स्वागत मन्तव्य राख्दै न्यायिक समिती सदस्य तथा वडा नं १ वडाध्यक्ष कर्णबहादुर लिम्बुले न्यायिक समिती तथा मेलमिलाप समितीले मुद्दा हेर्न मिल्ने र हेर्न नमिल्ने मुद्धाहरू बारेमा तिन दिने पुनर्ताजगी तालिमबाट सिकेर पक्कै स्थानीय स्तरमा भएका मुद्धा मिलाउन महत्वपूर्ण भूमीका खेल्न सहयोग पुग्नेछ बताए ।

पुनर्ताजगी तालिम प्रशिक्षक तथा सहजकर्ताहरू मध्येबाट अम्मर देवानले तालिममा सहभागिहरूलाई अनुभवलाई तथा ब्यावहारिक ज्ञानलाई आदानप्रदान गर्न फाकफोकथुम गाउँपालिकाका न्यायिक समितीले समय मिलाई दिएकोमा गाउँ पालिकाका न्यायिक समितीलाई विशेष धन्यवाद दिए ।

गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितीका अध्यक्ष कल्पना राईले तिन दिने तालिमको अन्तरक्रियामा मार्फत पुनर्ताजगी तालिमबाट सिकेर पक्कै स्थानीय स्तरमा भएका मुद्धा तथा समस्याहरू समाधानको लागि मेलमिलाप कर्ताहरूबाट ब्यावहारिक तथा न्याय सम्पादन गर्दा जनताहरूमा भरपर्दो बिश्वाससिलो मेलमिलाप हुने विश्वास व्यक्त गरिन् ।

आजसम्म फाकफोकथुम गाउँ पालिकाको न्यायीक समितीमा आएका मुद्धाहरू घरायसी मुद्दा सातवटा, जग्गा सिमाना बिवाद छ वटा, आर्थिक लिनदेन तिन वटा र मुद्धा मिलाउन नसकिने तिन वटा, सिमानामा बोटविरुवा रोपेको तिन वटा मुद्धा आएकाे बताइन् । पुनर्ताजगी तालिम २३ गतेसम्म हुनेछ।

मेलमिलापहरूका लागि पुनर्ताजगी तालिमका प्रशिक्षक तथा सहजकर्ता बिमल कुमार दाहालद्वारा अन्तरक्रिया कार्यक्रमको शुरूवात भएकाे थियाे । कार्यक्रम सञ्चालन गाउँपालिकाका कर्मचारी बिमल घिमिरेले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार