नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकाको नयाँबजारमा बालाचतुर्दशी मेला सुरू भएको छ । बालाचतुर्दशी मेला ब्यवस्थापन समितिको आयोजनामा मेला सुरु भएको हो । विहिबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष कुश बहादुर थेवले पानसमा बत्ती बालेर मेला उद्घाटन गरेका छन् ।
मेला ब्यवस्थापन समिति संयोजक पुनम गुरूङको अध्यतामा सम्पन्न कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष प्रविना राई र वडा नं १ का वडाध्यक्ष याम कुमार कार्कीको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । वडाका वडा सदस्यहरू बजारबासी , विभिन्न संघसस्थाका प्रतिनिधि लगायत स्थानियको उपस्थिति रहेको थियो ।
मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम , जातजातिको झाँकी प्रदर्शनी विभिन्न पर्यटकीय क्षेत्रहरूको भ्रमण स्थानिय खानाको परिकार लगायत दैनिक रूपमा विभिन्न कलाकारहरूको प्रस्तुति रहनेछ । मंसिर २४ र २५ गते माइजोगमाई खुल्ला रेटिङ बुद्दिचाल प्रतियोगिता समेत रहने आयोजकले जनाएको छ ।
मेलामा उपस्थित भई सभ्य र भब्य रूपमा सम्पन्न गर्नको लागि मेला आयोजक समितिले सबैमा अनुरोध समेत गरेको छ । कार्यक्रमको संचालन आयोजक समितिका सचिव देबी अधिकारीले संचालन गरेका थिए ।